© २०२३
बुटवल,४ साउन । राष्ट्रियसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।
यसअघि, गत आइतबार बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।