ट्रेंडिंग:

>> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

विदेश जाने युवाको संख्या बढ्यो,क्याम्पसमा घट्दै विद्यार्थी

३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

दाङ, ३ साउन । पछिल्लो समय अध्ययनका लागि विदेशिन युवाको संख्या ह्वात्तै बढेको छ । दाङमा रोजगारीका लागि जानेको हाराहारीमा अध्ययन भिसामा जानेको संख्या देखिएको सरकारी रेकर्डले देखाएको छ ।
२०७९ साउनदेखि हालसम्म दाङबाट राहदानी बनाउन प्रशासन कार्यालय जानेहरुमध्ये तीन हजार एक सय एक पुरुष र एक हजार छ सय १७ महिला गरी चार हजार सात सय १८ जना अध्ययन भिसामा विदेशिन खोजेको देखिएको छ । जिल्ला प्रशासन कार्यालयको रेकर्डमा यही अवधिमा कामदार भिसामा विदेश जान पाँच हजार छ सय २१ जनाले राहदानी बनाएका छन् । जसमा पुरुष चार हजार छ सय ८२ र महिला नौ सय ३९ छन् । कामदार भिसामा जाने भन्दा अध्ययन भिसामा विदेशिन खोज्ने महिला यो वर्ष छ सय ७८ बढी छन् ।
जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) मा राहदानी बनाउन आउनेलाई परामर्श दिइन्छ । त्यहाँ परामर्श लिन आउनेमध्ये अध्ययनमा जानेले पढ्न भन्दा पनि कामकै लागि जाने गरेको बताउँछन् । आप्रवासी स्रोत केन्द्रकी सूचना तथा परामर्शकर्ता रीता लामाले परामर्शमा आउने ९५ प्रतिशत भन्दा धेरैले कामकै लागि विदेश जान खोजेको बताउने गरेको जानकारी दिइन् । उनले अध्ययन भिसामा विदेश जाँदा पढाइसँगै कलिलो उमेरमा कामको चाप बढी पर्ने भएकोले समस्या हुने बताइन् ।

‘यहाँ आउने अधिकांश या भनांै ९५ प्रतिशत भन्दा धेरै वैदेशिक रोजगारीमा जान खोज्नेले अध्ययन भिसाको सहारा लिएका छन्, उनले भनिन् ‘पढ्नै भनेर जाने त केहीमात्रै भेटिन्छन् ।’
कक्षा १२ पास नहुँदै विद्यार्थीहरु राहदानी बनाउन आउने गरेको पनि आप्रवासी स्रोत केन्द्रले जनाएको छ । यसरी अध्ययन भिसामा काम खोज्न जानेको संख्या अघिल्ला वर्षहरुमा कम भएको लामाले बताइन् । आर्थिक वर्ष २०७८/०७९ मा चालु आर्थिक वर्षको हालसम्मको रेकर्ड भन्दा आधा कम मात्रै अध्ययनका लागि बाहिर जाने भन्दै परामर्श लिएका थिए । जसमा एक हजार नौ सय ८९ पुरुष र नौ सय ६३ महिला गरी दुई हजार नौ सय ५१ जनाले अध्ययनमा जान राहदानी बनाउन लागेको बताएका थिए । जबकि सोही समयमा रोजगारीकै लागि विदेशिने भन्दै एक हजार ३८ पुरुष र एक सय ७७ महिलाले राहदानी बनाएका थिए ।
अध्ययनको बहानामा अष्ट्रेलिया, क्यानडा, जापान जानेहरु पनि धेरै रहेको आप्रवासी स्रोत केन्द्रले जानकारी दिएको छ । ‘१२ कक्षा पास गर्ने बित्तिकै १६/१७ वर्षको नाबालक उमेरमा पढ्ने र काम गर्न तयार किशोरकिशोरीको ताँती छ’– आप्रवासी स्रोत केन्द्रका अनुसार पहिलेबाटै अध्ययन भिसामा जाने गरेको भए पनि विगत ६–७ वर्ष अगाडिदेखि अध्ययनसँगै काम गर्न जाने बढेको थियो । त्यो संख्या अहिले झन बढेको छ ।
क्याम्पसमा घट्दै विद्यार्थी

पछिल्ला वर्षहरुमा दाङमा कक्षा १२ को पढाइ सकिएपछि विदेश जाने विद्यार्थीहरुको संख्या बढेको छ । विदेश गएर पढ्ने कमाउने विषयमा नेपाली विद्यार्थीहरुको आकर्षण पनि देखिन्छ । कक्षा १२ पाससँगै अध्ययन भिसामा विद्यार्थी बाहिरिने दर बढेसँगै क्याम्पसमा भने विद्यार्थी संख्या वर्षेनि घट्दै गएको छ । जिल्लाको सबैभन्दा पुरानो र ठूलो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा स्नातक तहको ४० प्रतिशत विद्यार्थी बीचैमा हराउने गरेको क्याम्पस प्रमुख भरतराज न्यौपानेले बताए । अध्ययन भिसामा बाहिर जाने विद्यार्थीमा लहर नै चलेकोले विद्यार्थी वर्षेनि घट्दै गएको बताए । ‘कक्षा १२ पासपछि विद्यार्थी भर्ना हुन्छन् तर बीचमै ड्रपआउट हुन्छन्’– उनले भने, ‘भिसाको लागि भर्ना खोज्ने भएकोले रनिङ लेटरको लागि भर्ना हुने र बाहिर जाने अवस्था देखिएको छ ।’ क्याम्पसमा भर्ना अनुपात बढी भए पनि पढाइ सकेर निस्कने विद्यार्थी संख्या कम भएको उनको भनाइ छ । ‘प्रथम वर्षमा सबै विधामा छ हजार भन्दा बढीको भर्ना भएको देखिन्छ । तर पास आउट ६० प्रतिशत भन्दा कम हुन्छ’– प्रमुख न्यौपानेले भने– ‘कागजी प्रक्रियाका लागि भर्ना भएर विदेशिने पहिलेदेखि नै थियो तर पछिल्ला वर्षमा बढ्दो क्रममा छ ।’
पहिले वैदेशिक शिक्षाका लागि नेपाली विद्यार्थीको प्रमुख तीन गन्तव्य थिए, अमेरिका, अष्ट्रेलिया र बेलायत । तर पछिल्लो समय जापान, युके, क्यानडाजस्ता देश मात्रै नभएर चीन, पोल्यान्ड, बंगलादेश, जर्मनी र डेनमार्क जानेको संख्या पनि बढ्दै गएको परामर्शमा आउनेको रेकर्डले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?