ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

घारखोला जलविद्युत् आयोजनाको टनेल ब्रेकथ्रु

१५ आश्विन २०७८, शुक्रबार
१५ आश्विन २०७८, शुक्रबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको टनेल खन्ने काम सम्पन्न (ब्रेकथ्रु) भएको छ । आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म पानी लैजानका लागि तीन हजार ५०० मिटर लामो टनेलको बुधबार ब्रेकथ्रुभएको हो । आयोजनाका प्रवद्र्धक, लगानीकर्ता, प्राविधिकलगायतको उपस्थितिमा टनेल खन्ने कामलाई पूर्णता दिइएको थियो ।

बाँध रहेको अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ नं वडा घारको सीमा क्षेत्रमा पर्ने कुरिलाबगरबाट एक हजार ६०५ मिटर र आउटलेट रहेको घारको अमिलाकाफलबाट एक हजार ४०० मिटर सुरुङ खनेपछि दुबैतर्फ जोडिएको आयोजनाका आवासीय इञ्जिनीयर जोसेफलाल बज्राचार्यले जानकारी दिए ।उनका अनुसार, टनेलको ब्रेकथ्रुभएसँगै आयोजनाको करिब ६२ प्रतिशत काम सम्पन्न भएको छ । २०७४ चैतबाट निर्माण सुरु भएको यस आयोजनाबाट आगामी असार मसान्तभित्रै विद्युत् उत्पादन गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । ‘‘निकै लामो सुरुङलाई बीचमा अडिट बिना नै दुई तर्फबाट मात्रै जोडिएको यो नेपालकै पहिलो टनेल हुनसक्छ, भौगोलिक चुनौतीबीच नेपालकै प्राविधिकद्वारा भएको यो महत्वपूर्ण उपलब्धि हो, अब आयोजनाको अन्य पूर्वाधार निर्माणले थप गति पाउँछ’’ इञ्जिनीयर बज्राचार्यले भने ।

आयोजनाको सिभिलतर्फ ६८, हाईडोमेकानिकलतर्फ ५६, इलेक्टोमेकानिकलतर्फ ५० र प्रशारण लाइनतर्फ २० प्रतिशत काम सकिएको छ । बाँधतर्फ ९८ प्रतिशत काम सकिएको यस आयोजनाको विद्युत्गृहतर्फ पेनस्टक पाइप जडान सुरु भएको छ भने विद्युतगृहको पूर्वाधार निर्माण अघि बढेको सिभिल ठेकेदार कम्पनी साउथ एशियन इन्फास्ट्रक्चर प्रालिका आयोजना प्रबन्धक ध्रुव मिश्रले जानकारी दिए । टनेल खन्ने क्रममा भौगोलिक खालका धेरै समस्या आए पनि त्यसको सामना गर्दै टनेल ब्रेकथ्रु सम्भव भएको उनको भनाइ छ । सुरुङ मार्ग हुँदै ल्याइएको पानीलाई ४८५ मिटर अग्लो हेडबाट एक हजार २०० मिटर पेनस्टक पाइपमार्फत पोखरेबगरमा रहने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

म्याग्दी हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेको यस आयोजनामा नागरिक ऊर्जा बुटवल लिमिटेडलेसमेत लगानी गरेको छ भने एनएमवि बैँकको नेतृत्वमा एनआइसी एशिया, कुमारी र प्राइम कमर्सियल बैँकलेसमेत लगानी गरेका छन् । कूल रु दुई अर्ब ४२ करोड लागत अनुमान गरिएको यस आयोजनामा कोरोनाका कारण आयोजना निर्माणको काम पछि धकेलिएसँगै लागत बढ्ने देखिएको आयोजनाले जनाएको छ ।आगामी माघ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य अनुसार निर्माण सुरु भएको यस अयोाजनामा कोरोना लगायतका कारणले निर्माण कार्यमा केही ढिलाइ हुन पुगेपनि आगामी असारसम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको आयोजनाको परामर्शदाता कम्पनी हाइड्रोकन्सल्ट इञ्जिनीयरिङ्ग लिमिटेडका कार्यकारी अधिकृत मनोहर श्रेष्ठले बताए । उनका अनुसार विद्युतगृह रहने पोखरेबगरदेखि दाना सवस्टेशन सम्मको ८ किलोमिटर लामो ३३ केभिएको डबल सर्किट प्रशारण लाइनको काम समेत अघि बढेको छ ।

डिजाइनको काम सकिएको र आवश्यक निर्माण सामग्री अधिकांश कार्यक्षेत्रमा ल्याइसकिएकाले आगामी ४ महिनाभित्रमा प्रशारण लाइनको काम सम्पन्न हुने उनको भनाइ छ । यस आयोजनामा सिभिलतर्फ साउथ एशियन इन्फास्ट्रक्चर प्रालि, इलेक्टोमेकानिकलतर्फ सिमोर इनर्जी प्रालि, हाइड्रोमेकानिकलतर्फ सिई हाईड्रोमेकानिकल प्रालि, र प्रशारण लाईनतर्फ रोयल कन्ट्रक्सन प्रालिले ठेक्का लिएका छन् भने परामर्शदाता कम्पनीमा हाईड्रोकन्सल्ट इञ्जिनियरिङ लिमिटेड रहेको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?