ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

शिक्षा पत्रकार समूहले शिक्षामा दुई दशक पुस्तक प्रकाशनमा ल्याउने

५ आश्विन २०७८, मंगलवार
५ आश्विन २०७८, मंगलवार

शिक्षा पत्रकार समुहले शिक्षा बिट पत्रकारिताको प्रबद्र्धन, शैक्षिक मुद्दाकेन्द्रीत बहस अन्तरक्रिया, गुणस्तरीय शिक्षालगायत क्षेत्रमा अनुसन्धान र शिक्षासम्बन्धी पुस्तक प्रकाशन गरी शैक्षिक सुधारका लागि पैरवी गर्ने निर्णय गरेको छ ।

शिक्षा पत्रकार समूहको मंगलबार सम्पन्न २२ औं केन्द्रीय साधारणसभाले उक्त निर्णय गरेको हो ।

शिक्षा पत्रकार समूहले बितेका दुई दशकमा उठाएका शैक्षिक सवाल, टुंगो लागेका र नलागेका मुद्दाबारे एउटा पुस्तक प्रकाशन गर्ने जानकारी साधारणसभाका दिइएको थियो ।

त्यस्तै, शिक्षा क्षेत्रका विविध पक्षमा खोज अनुसन्धान र गहन रिपोर्टिङको कार्ययोजना पनि साधारणसभाले पारित गरेको छ ।

कोभिडका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्ने स्थिति नरहेकाले शिक्षा पत्रकार समूहले गत वर्षदेखि आफ्ना गतिविधि, अन्र्तक्रिया र कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्दैआएको छ । गत वर्ष समूहले शैक्षिक मुद्दामा खोजमुलक रिपोर्टिङ गर्ने ३३ शिक्षा पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको थियो ।

शिक्षा पत्रकार समूह, शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल र हिमालय टेलिभिजनको साझेदारीमा ‘बहसमा शिक्षा’ कार्यक्रम नियमित प्रसारण गर्दैआएको छ । तीन महिनामा १३ अंक प्रसारण हुँदा यो कार्यक्रममार्फत शिक्षा क्षेत्रका ३४ सरोकारवालासँग अन्तरक्रिया भईसकेका छन् । त्यस्तै, राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा ‘सामुदायिक विद्यालयको सबलीकरणका निम्ति सबल विद्यालयहरुको अभ्यास अध्ययन’ गरिएको थियो । त्यसको प्रतिवेदन आयोगको वेबसाइटमा समेत छ ।

गत वर्षदेखि प्रादेशिक संरचनामा गएको शिक्षा पत्रकार समूहले प्रदेशस्तरमा पनि आफ्ना गतिविधि संचालन गर्दैआएको छ । कर्णाली प्रदेश समन्वय समितिले स्थानीय तहस्तरमा शैक्षिक मुद्दाबारे अन्तरक्रिया गर्दैआएको छ । त्यस्तै, अन्य प्रदेश समितिले पनि गतिविधि संचालन गरिरहेका छन् ।

आकस्मिक कारणले अध्यक्ष तुला अधिकारी बाहिर रहनुभएकाले काबा अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभामा पूर्वअध्यक्षहरु राजन शर्मा, हरि थापा, सुदर्शन घिमिरे, नारायण अमृतले वर्तमान शैक्षिक मुद्दा, नेपालको शिक्षा पत्रकारिता र शिक्षा पत्रकार समूहको भावी दिशाबारे आफ्नो धारणा राखेका थिए । कर्णाली प्रदेश संयोजक कलेन्द्र सेजुवाल र सुदूरपश्चिम प्रदेश संयोजक शिवराज भट्टले अब प्रदेशमा पनि शैक्षिक बहस सिर्जना गरिने बताए । महासचिव जनक नेपालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ममता थापाले पेस गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित भएको छ ।

गत वर्षदेखि शिक्षा पत्रकार समूहको सांगठनिक क्यालेन्डर असोज ५ मा साधारणसभा र ५ फागुनमा स्थापना दिवस मनाउनेगरी तय भएको थियो । कोभिड १९ को प्रतिकूल कारणले भौतिक उपस्थिति कम गर्दै भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरिएको समुहले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?