© २०२३
बुटवल,२ साउन । नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् ।
गृह जिल्ला अछाम पुगेका पूर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन् । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिविधि र काम कारबाहीका बारेमा छलफल गरेका छन् । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् ।
चितवन महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिविधिबाट टाढा रहँदै आएका थिए । केन्द्रीय सदस्य पद समेत अस्वीकार गरेका रावलले पार्टीको पद तथा गोपनीयताको शपथसमेत लिएका थिएनन् । उनलाई पार्टीमा सक्रिय बनाउनका लागि वार्ता टोली गठन समेत गरिएको थियो ।