ट्रेंडिंग:

>> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

देउखुरी राप्तीका चार वटा सहकारी सञ्चालक भित्रै विवाद, एकता पुरा नहुँदै विभाजन

३१ असार २०८०, आईतवार
३१ असार २०८०, आईतवार

लमही , ३१ असार ।

केही बर्ष अघि दाङ देउखुरीको राप्तीमा रहेका चार वटा एउटै प्रकृतिका सहकारी संस्थाहरू एकीकरण भई बनेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरू बीच नै विवाद देखिएको छ । पछिल्लो समय उनीहरूले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी एक आर्कालाई आरोप प्रत्यारोप समेत लगाउन थालेका छन् ।

केही बर्ष पहिले राप्ती गाउँपालिकाका विभिन्न ठाउँमा आफ्नो कार्यालय स्थापना गरी कारोबार गर्दै आईरहेका ती चारवटा बचत तथा ऋण सहकारी संस्थाहरु एकिकरण भएर बनेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिती बीच नै बिबाद बढेपछि छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आरोप प्रत्यारोपमा नै उत्रिएका छन् । सञ्चालकहरु बीच बिबाद बढेपछि सेवाग्राहीहरु यति बेला अन्योलमा मात्र होइन थप चिन्तीत समेत बनेका छन् ।

चार वटा सहकारी संस्था एकिकरण भई कानुनी रुपमा दर्ता समेत भएर सञ्चालनमा आएको देउखुरी बचत तथा ऋण सहकारी संस्था पूणर् रुपमा एकिकरण हुन नपाउँदै विभाजनको प्रकृयामा अघि बढेको छ । संस्था एकिकरण भएको तीन महिना भित्र पहिलो साधारणसभा तथा अधिवेशन गर्नुपर्ने कानुनी प्रावधान भएपनि हाल सम्म साधारणसभा हुन नसकेको र अहिले सम्म बार्षिक लेखा परिक्षण समेत नभएको अवस्थामा संस्था एकिकरण भएको मानिदैन ।

जसले गर्दा एकिकरण भई कानुनी रुपमा दर्ता भएको देउखुरी बचत तथा ऋण संस्था अहिले सम्म पूणर् रुपमा एकिकरण हुन नसकेको हो । एकिकरणको प्रक्रिया पुरा नहुँदा बिगत ३० महिना देखि तदर्थ समितीको भरमा देउखुरी बचत तथा ऋण सहकारी संस्था संञ्चालन हुँदै आएको छ ।

अझै पछिल्लो समय त झन् सञ्चालकहरु बीच नै बिबाद बढेपछि एकिकरणको प्रक्रिया समेत पुरा नगरी विभाजनको अवस्थामा पुगेका छन् । बिबाद बढेपछि एकिकरण भएका चार वटा सरकारी संस्थाहरुले छुट्टाछुट्टै कारोबार गर्ने निणर्य गरी विभाजनको अन्तिम प्रक्रियामा लागेका छन् । विभजानको अन्तिम प्रकृया भने अहिले सहकारी दर्ता अधिकारीको कार्यालयमा अड्किएको छ । सञ्चालकहरु बीच नै बिबाद बढेपछि विभाजन प्रकृया समेत अन्योलमा परेको छ ।

यता एकिकरण भएर देउखुरी बचत तथा ऋण सहकारी संस्था दर्ता भएपछि साविकका सहकारीहरु खारेज भएका थिए । तर अहिले बिबाद बढेपछि विभाजनको अन्तिम प्रकृयामा लागेका सञ्चालकहरु विभाजनको अन्तिम कानुनी प्रकृया पुरा नगरी खारेज भएका पुरानै संस्थाहरुको नामबाट कारोबार शुरु गरेका छन् ।

खारेज भएका साविकका चार वटा मध्ये तीन वटा सहकारी संस्थाहरु हरियाली बचत तथा ऋण सहकारी संस्था, बिहानी बचत तथा ऋण सहकारी संस्था र जनजिवीका बचत तथा ऋण सहकारी संस्थाले कानुनी रुपमा विभाजन नहुँदै पुरानै संस्थाको नामबाट कारोबार गर्दै आएका छन् । यता साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाले भने देउखुरी बचत तथा ऋण सहकारी संस्थाको महाप्रभु सेवा केन्द्रको रुपमा कारोबार गर्दै आएको जनाएको छ ।

यसरी एकिकरण भएका थिए 
दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको दुई ठुला सहित चार वटा बचत तथा ऋण सहकारी संस्थाहरु राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर २ लालमटियामा रहेको महाप्रभु बचत तथा ऋण सहकारी संस्था सँगै वडा नम्बर १ पाखापानीमा रहेको जनजीविका, वडा नम्बर ५ सिसहनियाँमा रहेको विहानी बचत तथा ऋण सहकारी संस्था एकिकरण भएर देउखुरी बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।

नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कुन द्धारा सञ्चालित प्रोवेशन कार्यक्रममा आवद्ध भई दुई पटक सम्म उत्कृष्ट संस्थागत तथा वित्तीय सुशासनका लागि प्रदान गरिने गुणस्तर चिन्ह ९प्रोवेशन ब्राण्ड० प्राप्त गरिसकेका २ ठुला सहकारी संस्थाहरु राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर २ लालमटियामा रहेको महाप्रभु बचत तथा ऋण सहकारी संस्था सँगै वडा नम्बर १ पाखापानीमा रहेको जनजीविका, वडा नम्बर ५ सिसहनियाँमा रहेको विहानी बचत तथा ऋण सहकारी संस्थाहरु २०७७ पुस २७ गते एकिकरण भएका थिए ।

नेफ्स्कुनकै अगुवाईमा ती २ वटा ब्राण्डेड ठुला सहकारी संस्थाहरुको पहलमा अन्य २ सहकारी संस्थाहरु पनि सहभागी भई एकिकरण कार्यविधि २०७४ को सम्पूणर् प्रक्रिया पुरा गरी २०७७ पुस २७ गते तत्कालित लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट ती ४ वटै सहकारी संस्थाहरु खारेज गरी नयाँ एकिकृत संस्था देउखुरी बचत तथा ऋण सहकारी संस्था दर्ता भई काम सुरु गरेको र २०७७ माघ १४ गते तत्कालिन लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलबाट संस्था एकिकरणको घोषणा कार्यक्रम गरिएको थियो ।

विवादको मुख्य जड 

सहकारी संस्थाहरु एकिकरण भई संयुक्त रुपमा कारोबार शुरु गर्ने क्रममा साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थामा ५ करोड बढी हिनामिना भएको तथ्य फेला पर्यो । संस्था एकिकरण पश्चात कारोबार भएको साढे २ महिनापछि नयाँ सफ्टवेरमा डाटा स्थानान्तरण गर्ने क्रममा साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख २३ हजार ७ सय ३७ रुपैयाँ रकम हिनामिना भएको तथ्य फेला पर्यो । त्यसपछि हौसिएर एकता गरेका चार वटै सहकारी संस्थाका संञ्चालकहरु तर्सिए । उक्त ५ करोड बढी रकम साविक महाप्रभु सहकारी संस्थाका कर्मचारी विक्रम रानाले हिनामिना गरेको पुष्टि भयो । त्यसपछि बिक्रम सहितका केही कर्मचारीहरु माथि मुद्दा दर्ता समेत भयो ।

आरोपितहरुले केही सञ्चालक समितिले पनि रकम हिनामिना गरेको प्रहरीलाई बयान दिएपछि अनुसन्धानका क्रममा साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी, सदस्य तथा उपसमिति र पूर्व अध्यक्षहरु समेत उक्त मुद्दामा तानिएका छन् । हाल उक्त सहकारीको रकम हिनामिना मुद्दा दाङ(देउखुरी जिल्ला अदालतमा बिचारधिन अवस्थामा रहेको छ भने एक जना मुख्य अभियुक्त पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

सहकारीका सञ्चालकहरु नै आरोप—प्रत्यारोपमा 
केहीदिन यता देउखुरी बचत तथा ऋण सहकारी संस्थाका संञ्चालकहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । पछिल्लो समय उनीहरूले छुट्टाछुट्टै पत्रकार सम्मेलन नै गरी एक आर्कालाई आरोप प्रत्यारोप लगाउन थालेका छन् । केही दिन पहिले साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले मौरीघाटमा पत्रकार सम्मेलन गरी खारेज भएका तीन संस्थाले गैर कानुनी तरिकाबाट विज्ञापन प्रकाशन गरी कर्मचारी भर्ना, क्यालेण्डर प्रकाशन तथा प्रचारबाजी सुरु गरेको आरोप लगाएका थिए ।

साविक महाप्रभुका अध्यक्ष तथा एकिकरण भएर बनेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति संयोजक रुकमांगत ज्ञवाली, साविक तथा हालको संस्थाका सचिव हरिप्रसाद भुसाल, साविक एवम् हालको संस्थाका कोषाध्यक्ष रामकृष्ण पौडेल, सदस्यहरु धर्मराज अधिकारी र कमला बेल्वासेले गत बिहिवार मौरीघाटमा पत्रकार सम्मेलन गरी एकिकृत संस्थाका अध्यक्ष शिवध्वज मल्लले पछिल्लो एक वर्ष देखि नियमित बैठक नबसालेको, आर्थिक वर्ष २०७७- ०७८, २०७८-०७९ र चालु आर्थिक वर्ष २०७९-०८० को आन्तरिक लेखा परिक्षण, वार्षिक लेखा परिक्षण ९अडिट० र वार्षिक साधारणसभा समेत नगराएको आरोप समेत लगाएका थिए ।

यता साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले लगाएको आरोपको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिबध्वज मल्लले खण्डन गरेका छन् । आज शनिबार संस्थाको आफ्नै सभाहल सिसहनियाँमा पत्रकार सम्मेलन गरी उक्त आरोपको खण्डन गरेका हुन् । आरोपको खण्डन गर्दै अध्यक्ष मल्लले एकिकृत संस्था सञ्चालन गर्न गाह्रो भएको सबैलाई महसुस भएपछि निणर्य गरी अदालतको आदेश समेत लिइसकेको अवस्थामा महाप्रभु बाधक बनेको आरोप लगाए । उनले एकिकृत संस्था बदर गरी पुरानै नाम ठेगानामा अलग अलग संस्था सञ्चालन गर्न ४ वटै सहकारीका पदाधिकारीहरुले निणर्य गरेपनि साविक महाप्रभु बाधक बन्दै आएको आरोप लगाए ।

साविक हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका अध्यक्ष मल्लले संस्था बदर गर्न जिल्ला अदालतले समेत नरोकेको र तत्कालिन आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले संस्था बदरका लागि प्रक्रिया पुरा गरेर ल्याउन सुझाव दिएपछि पनि महाप्रभुकै पदाधिकारीले पत्रमा सहि छाप गर्न नमान्दा संस्था बदरको कार्य रोकिएको अध्यक्ष मल्लले आरोप लगाए ।

उनले म र देउखुरी सहकारी संस्थालाई लगाइएका सबै आरोपहरु झुठो तथा सत्यता नरहेकोले कोही पनि नागरिक भ्रममा नपर्न आग्रह गर्दै हाल सञ्चालनमा रहेको साविककै संस्थाहरुबाट कारोबार गर्न सबैमा आग्रह समेत गरेका छन् ।

अध्यक्ष मल्लले साविक महाप्रभु सहकारी संस्थाका सञ्चालकले लगाएको आरोपमा कुनै सत्यता नभएको बरू मुद्दा कमजोर बनाउन र संस्थालाई नै पुरै धराप बनाउन लागेको अध्यक्ष मल्लको आरोप छ । साथै अध्यक्ष मल्ले देउखुरी बचत तथा ऋण सहकारी संस्थाबारे कुनै भ्रम भए कार्यालयमा आई सम्पूणर् जानकारी लिन अनुरोध गरेका छन् । उनले एकता देखि अहिले सम्मका सम्पूर्ण दस्ताबेज प्रधान कार्यालय सिसहनियाँमा सुरक्षित रहेको समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?