ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका प्राध्यापकलाई कारवाही गर्न सिफारिस

३१ असार २०८०, आईतवार
३१ असार २०८०, आईतवार

बुटवल,३१ असार । निर्वाचन आयोगले कारबाहीको सिफारिस नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेको भन्दै त्रिभुवन विश्वविद्यालय र महेन्द्र संस्कृत विश्वविद्यालयका सहप्राध्यापकलाई निर्वाचन आयोगले कारबाहीको सिफारिस गरेको छ।

त्रिविका व्यवस्थापन विभागका सहप्राध्यापक जगत तिमिल्सिन, त्रिचन्द्र क्याम्पस रसायन विभागका सहप्राध्यावक राजेन्द्र गौतम कारबाहीको सिफारिसमा परेका हुन्।

त्यस्तै बाल्मीकि विद्यापीठका सहप्राध्यापक कृष्णकान्त पराजुली पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेको भन्दै आयोगले कारबाहीको सिफारिस गरेको छ।

केही दिनअघि बसेको निर्वाचन आयोगको बैठकले तीनै जना सहप्राध्यापकलाई कारबाही गर्न सम्बन्धित विश्वविद्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको हो।

उनीहरूलाई नेपाली कांग्रेसले आफनो दलको सदस्यता प्रदान गरी १४ औ महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाएको आयोगको ठहर छ।

कानून विपरीत राजनीतिक क्रियाकलापमा संलग्न देखिएका त्यस्ता शिक्षक कर्मचारीहरूलाई नियमानुसार आवश्यक कारवाहीको लागि सिफारिस गरी पठाउन त्रिभुवन विश्वविद्यालय, रजिष्टारको कार्यालयले पनि परिपत्र गरेको आयोगले बतायो।

‘उजूरी निवेदन साथ पेश हुन आएका कागजातहरूको अध्ययन गर्दा तिमिल्सिना, गौतम र पराजुली चौधौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको रूपमा सहभागी भएको देखिने तथ्यगत विवरण महाधिवेशनमा सहभागी भएकाहरूको नामावली विवरणमा उल्लेख भएको देखिन्छ,’ आयोगको एक सदस्यले भने । उनीहरूको क्रियाशील सदस्यता तत्काल बदर गरी त्यसको जानकारी आयोगमा तीन दिनभित्र उपलब्ध गराउन तथा अब उप्रान्त कानून विपरी हुने गरी त्यस्ता व्यक्तिहरुलाई दलको सदस्यता प्रदान नगर्न नेपाली कांग्रेसलाई निर्देशन दिने निर्णय गरेको ती सदस्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?