© २०२३
सल्यान, ३१ असार । सल्यानको बागचौर नगरपालिकाले नगरपालिकालाई चिनाउने र पहिचान झल्काउने ‘नगर लोगो’ बनाएको छ ।आफ्नै निशान छाप ९लोगो० तयार गरि प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नेपाल सरकारको निशान छापसँगै आफ्नै छुट्टै भौगोलिक पहिचान झल्कने लोगो निर्माण गरेको नगर प्रमुख जनकराज गौतमले जानकारी दिनुभयो ।
निशान छापमा बागचौर नगरपालिकाको पहिचान झल्कने लालीगुराँस, लेक, आलु, सुन्तला खेती, स्थानीय घर, बजार, पशुपालन, मठमन्दिर, स्थानीय रूपमा उत्पादन हुने धान, मकै गहुँ, पानी घट्ट, शारदा नदीको मुहान समावेश गरिएको छ । यस्तै हिमाल, किसान, नगरपालिकाले निर्माण गरेको भ्यु टावर, झोलुङ्गे पुल, मादल, दमाहा, सहनाई जस्ता बाजा, चन्द्र सूर्य अङ्कित नेपालको झन्डा, नगरपालिकाको नक्सा, दलित र मगर समुदायको प्रतिनिधित्व हुने भेसभुसा सहितको तस्बिर पनि छापमा समावेश गरिएको छ ।
समृद्धिका आधार कृषि, पर्यटन भएकाले नगरको भौगोलिकताका विविध पक्ष समेटेर नगर लोगो बनाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको निशान छाप दांगको तुलसीपुर उपमहानगरपालिका ६ निबासी सन्तोष न्यौपानेले डिजाइन गरेका हुन् । जिल्लाका स्थानिय तह मध्ये बागचौरले पहिलोपटक आफ्नै लोगो निर्माण गरि कार्यान्वयनमा ल्याएको हो ।
क्जबलपबच