ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

गुनी माननीयलाई ‘मन्त्री उपहार’

३२ श्रावण २०७८, सोमबार
३२ श्रावण २०७८, सोमबार

लुम्बिनी प्रदेशमा गुनी माननीयलाई ‘मन्त्री उपहार’ दिने प्रथा शुरु भएको छ । प्रदेशको स्थायी राजधानी तोक्ने, सरकार गिराउने र बचाउनेक्रम शुरुभएसँगै सरकारको नेतृत्व गर्ने मुख्यमन्त्रीले त्यसरी मन्त्री चयनको शुरुवाद गरेका हुन् । यस खालको अभ्यासले सक्षम, इमान्दार र राजनैतिक रुपमा खारिएका माननीय मन्त्री बन्ने अवसरबाट बन्चित भएका छन् भने पाटी भित्रै पनि यसको गुनासो बढेर गएको छ ।

त्यसरी मुख्यमन्त्रीलाई गुन लगाएवापत मन्त्री पाउनेमा शंकर पोखरेल मुख्यमन्त्री हुँदा सात जना माननीय र कुलप्रसाद केसी मुख्यमन्त्री भएपछि चार जना माननीयले मन्त्री पदको उपहार पाइसकेका छन् । केसीले अर्को एक माननीयलाई मन्त्री बन्ने लाइनमा राखेका छन् । मन्त्री उपहार पाउनेमा जसपाका तीन र एमालेको सूर्य चिन्हबाट चुनाव जितेका एक जनालाई मन्त्री पदको उपहार दिइसकेका छन् ।

मुख्यमन्त्री केसीले आफु मुख्यमन्त्री बन्नमा गुन लगाएका जनता समाजवादी पाटीका सह्सराम यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्री, सुमन शर्मा रायमाझीलाई विना विभागिय मन्त्री, पुरमती ढेंगालाई विना विभागिय मन्त्री र एमालेको चुनाव चिन्ह लिएर विजयी भएका अजय शाहीलाई वीना विभागिय मन्त्री बनाइसकेका छन् । सुमन शर्मा रायमाझी शंकर पोखरेलको नेतृत्वको सरकारमा राज्य मन्त्री बनेकी थिइन । फुल मन्त्री नपाएको भन्दै उनले मन्त्री पदबाट राजीनामा दिइ विपक्षी गठबन्धनमा लागेकी थिइन । पुरमती ढेंगा पनि केही समय सम्पर्क विहीन हुँदा एमाले सरकारको पक्षमा लागेको समाचार बाहिर आएको थियो भने राजपाले एमालेले उनलाई लुकाएको आरोप लगाएको थियो ।

मन्त्री बन्ने शर्तमा दल अदलबदल गर्ने विमला वली पनि मन्त्री बन्ने लाइनमा छिन् । उनलाई मुख्यमन्त्रीले मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लागेको थियो । उनको मन्त्री पद माओवादी भित्रकै सांसदको बिरोधका कारण मुख्यमन्त्री केसीले अन्तिम समयमा काटेका थिए । वलीलाई मन्त्री बनाउदा पाटीमा योगदान गरेका व्यक्ति पछि परेको तिक्तता माओवादीमा बढिरहेको छ ।

शंकर पोखरेलले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने संकेत पाएपछि पोखरेलले सरकार टिकाउन गुन लगाएका जनता समाजवादी पाटी (जसपा) का चार जना माननीयलाई सरकारमा लगेका थिए । त्यसरी सरकारमा जानेमा भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्रीमा सन्तोष कुमार पाण्डे, राज्यमन्त्रीमा सुमन शर्मा रायमाझी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको मन्त्रीमा विजय बहादुर यादव, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको मन्त्रीमा कल्पना पाण्डेलाई मन्त्री पदको उपहार दिएका थिए । एमालेकै चुनाव चिन्हबाट चुनाव जितेका धर्मबहादुरलाल श्रीवास्तवले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको मन्त्री उपहार पाएका थिए । शंकर पोखरेलको सरकार विरुद्द विपक्षी गठबन्धनमा लागेपछि उनले मन्त्री पद पाएका थिए ।

एमालेकै एक सांसदका अनुसार निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने क्रममा गुन लगाएका एमालेका प्रमुख सचेतकको समुहमा रहेर योगदान गरेका प्यूठानका सांसद हरि रिजाललाई ग्रामिण तथा शहरी विकास मन्त्री र अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्री उपहार दिएका थिए । प्यूठानका हरि रिजाललाई त देउखुरीमा रहेको प्राविधिक शिक्षालय विस्थापित गर्नेगरी मन्त्रालय नै स्थापना गराएका थिए भने आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्य पनि पोखरेलको निर्देशनमा शिक्षालयमा मन्त्रालय सार्ने चलखेल गरिरहेका थिए । यसबीचमै उनको मन्त्री पद गुमेको छ ।

प्रदेश सरकारको मन्त्रीमण्डलमा सक्षम र योगदान गरेको व्यक्तिलाई मन्त्री बनाउनुको सट्टा आफ्नो एजेण्डामा सहयोग गर्ने र सरकार टिकाउनका साथै नयाँ सरकार बनाउनमा गुन लगाउने सांसदलाई मन्त्री बनाउने गलत प्रथाले स्वार्थी माननीयहरुले झण्डा हल्लाउन त पाएका छन् तर उनीहरुको साख भने गिरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?