ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

रोल्पाका टोल टोलमा पठनपाठन

१५ श्रावण २०७८, शुक्रबार
१५ श्रावण २०७८, शुक्रबार

रोल्पाका विद्यालयहरुले टोल शिक्षा मार्फत पठनपाठन सुरु गरेका छन् । जिल्ला सदरमुकाम लिवाङमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुले टोल शिक्षा मार्फत पठनपाठन सुरु गरेका हुन् ।

जिल्लामै पहिलोपटक बालकल्याण नमुना माविले आषाढको अन्तिम साता देखी टोल शिक्षा शुरु गरेको थियो । विद्यार्थीहरुमा पढ्ने वानी घट्दै गएको भन्दै अभिभावकले वैकल्पिक विधिवाट पठन पाठन गर्न आग्रह गरेकाले तल्ला कक्षाहरुमा टोल शिक्षा सुरु गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य जीतवहादुर डाँगीले जानकारी दिए । वढीमा २५ जना विद्यार्थीलाई एउटा कक्षामा राख्ने गरि टोल शिक्षा सुरु गरेका छौ डाँगीले भने । कोरोनाको संक्रमण विश्लेषण गर्दै सावधानीपूर्वक टोल शिक्षा सुरु गरेको डाँगीको भनाई छ ।

कोरोनाको दोश्रो लहर संगै वन्द भएको विद्यालय खुल्ने सुनिश्चित नहुदा अभिभावकको माग वमोजिम टोल टोलमा पठन पाठन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले जानकारी दिए । सरकारले नै विद्यालय वन्द गरेका कारण विद्यालय खोलेर भौतिक उपस्थितिमा पठन पाठन संचालन गर्न संभव नभएकाले टोला शिक्षा सुरु गरेका छौ प्रधानाध्यपक पोख्रेलले भने । हाल कक्षा नर्सरी देखी कक्षा ३ सम्म १७ वटा टोलमा टोल शिक्षा सुरु गरेको पोख्रेलको भनाई छ ।

चालु शैक्षिक सत्रमा कक्षा नर्सरी देखी कक्षा ३ सम्म भर्ना भएका ४२३ मध्ये ३७० भन्दा वढी विद्यार्थी टोल शिक्षामा समावेश भएका छन विद्यालयका शिक्षक टेकनाथ आचार्यले भने । टोल शिक्षामा सहभागि हुनेहरुको संख्या दिनानुदिन वढ्दै गएकाले भर्ना भएका तर टोल शिक्षामा नआएका विद्यार्थीलाई पनि यथासिघ्र सहभागि गराउने पहल भईरहेको छ शिक्षक आचार्यले भने । लामो समय विद्यालय वन्द भएका कारण सदरमुकाम छोडेर घर गएका कारण ती विद्यार्थी छुटेको हुन सक्छन आचार्यले भने । विभिन्न माध्यमवाट सुचना गरेर छुटेका सवैलाई टोलशिक्षामा सहभागी गराउने पहल गरिरहेका छौ आचार्यले भने ।

लामो समय विद्यालय वन्द रहदा मोवाईल र टिभीमा झुमिने केटाकेटी टोल टोलमा गएर पढ्न पाएकोमा आफुहरु खुसी भएको शिक्षक एशिया श्रष्ठको भनाई छ । लामो समयसम्म अवरुद्ध भएको पढाई सुचारु भएकोमा अभिभावक र विद्यार्थी दुवै खुसी देखिन्छन श्रेष्ठले भनिन् ।

जिल्लाका अन्य सामुदायिक र संस्थागत विद्यालयहरुले पनि टोलशिक्षा सुरु गरेका छन । रोल्पा नगरपालिका वडा नंं २ को सरस्वती आधारभूत विद्यालय देराली, तुलसी आवासीय मावि लिवाङले साउन पहिलो साता देखी टोल शिक्षा सुरु गरिसकेका छन भने तारा मावि वामरुकले साउन १४ देखी टोल शिक्षा सुरु गर्न लागेको प्रधानाध्यापक ओविलाल महराले जानकारी दिए ।

तल्ला कक्षाहरुमा टोल शिक्षा सुरु गरेका उनीहरुले माथिल्ला कक्षामा भने जुम कक्षा सुरु गरेका छन । अघिल्लो वर्ष देखी अभ्यासमा ल्याइएको जुम कक्षामा विद्यार्थीको उपस्थिति वढ्दै जान थालेको शिक्षकहरुको भनाई छ । अघिल्लो वर्ष प्रभावकारी नदेखिएको जुम कक्षा यस वर्ष प्रभावकारी देखिएको छ बालकल्याण नमूना माविका विज्ञान शिक्षक लेखमणी खड्काले भने । अघिल्लो वर्ष २० प्रतिशत उपस्थिति रहेको जुम कक्षामा यस वर्ष ६० प्रतिशत वढी उपस्थिति देखिन्छ खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?