ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट
स्थानीय तहको पहिलो वर्षः

काम भन्दा कुरा धेरैः निर्माण अधुरै

२५ असार २०८०, सोमबार
२५ असार २०८०, सोमबार

लमही, २५ असार ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि डेढ वर्ष पुरा भएको छ । डेढ वर्षको अवधिमा निर्वाचित जनप्रतिनिधिहरूले सोचोजस्तो प्रगति गर्न नसकेको जनगुनासोहरू प्रशस्त आएका छन् । लामो समयदेखि जनप्रतिनिधि विहीन रहेका स्थानीय तहले एक वर्षअघि नेतृत्व त पाए तर जनताले चाहेको ‘गाउँगाउँमा सिहंदरबार’ अझै पाउन सकेका छैनन् ।

यसअघि कर्मचारीका भरमा मात्र चलेकाले विकासका काम हुन नसकेको गुनासो व्यापक थियो । तर, जनप्रतिनिधि आउँदा पनि सर्वसाधारणलाई प्रत्यक्ष राहत पुग्ने खालका काम भएको देखिँदैन । गाउँगाउँमा सिंहदरबार पाउने आशा बोकेका जनताहरू खानेपानीको अभाव, सडक, स्वास्थ्य सेवावाट वन्चित भएको गुनासो गर्दै आएका छन ।

दाङ जिल्लामा दश वटा स्थानीय तहहरू रहेका छन् । स्थानीय तहको विकासमा समेत राजनीतिकीकरण भएको व्यापक जनगुनासो जनताले गर्न थालेका छन् । आफ्नालाई नभएको शिर्षकमा पनि कार्यक्रम बाड्दै हिड्ने, अरूलाई भएको शीर्षकमा पनि कार्यक्रम नदिने’, राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा निवासी चक्रबहादुर खड्काले वताए । ‘कसैलाई काखा कसैलाई पाखा लगाउन पाइन्न ।’ प्रत्येक स्थानीय तहले विकासका लागि विनियोजन गरिएको बजेट राजनीतिक भागबण्डाकै आधारमा चल्ने गरेको छ । त्यस्ता उदाहरणहरू राजपुर गाउँपालिकामा प्रसस्त छन् ।’ –उनले भने  ।

वर्षदिन नबित्दै कतिपय स्थानीय तहका जनप्रतिनिधिहरू विवादमा मुछिएका छन् भने कतिपयले नीति नियमको ख्यालै समेत गरेका छैनन् । कतिपय स्थानमा दलबीच विवादका कारण नियमित कामै अघि बढ्न सकेको छैन् । जनप्रतिनिधिले पाएको अधिकारसमेत प्रयोग गर्न नसकेको खड्काले बताए ।
यो डेढ वर्षको अवधिमा जनताले सकारात्मक परिवर्तनको अनुभूति गरेका छैनौ भन्छन नागरिक समाज दाङका उपसंयोजक निम वहादुर थापा । सबै जसो पालिकाले नागरिकहरूको माग सम्बोधन शुन्य भन्दा पनि आफनाहरूको योजनामा चलेको बताए ।’ जनप्रतिनिधि आएपछि विकासको ओइरो लाग्छ भन्ने सुनेको थिए तर, त्यो निर्वाचनमा नारामै सिमित भयो राजपुर गाउँपालिका वडा नम्बर १ सुकौलीनाका निवासी देविराम सुनारले भने –‘सीमानाकामा हाम्रा दुखः दुखमै रहे, खानेपानी, सडक, सुरक्षादेखि स्वास्थ्यवाट वन्चीत छौ । बाटोघाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्यको विकास कहिले होला खै ? यस्तै चाला हो भने पाँच बर्षसम्म गाउँको उन्नती होइन अधोगति हुने भयो । सामान्य सीटामोल लिन भारतकै भर पर्नुपर्ने बाध्यता छ ।’ निर्वाचनको बेला जनताको घरदैलोमा पुगेर जनप्रतिनिधिहरूले ठूलै आश्वासन बाडे । अधिकाशले घोषणापत्र बोकेर प्रतिवद्धताहरू बोकेर जनता माझ पुगे तर अहिलेसम्म कार्यान्वयनतर्फ मोडिएको पाइदैन उनले भने ।
यता लमही नगरपालिकाको पनि हालत उस्तै छ । जनप्रतिनिधि निर्वाचित भएर आएको डेढ वर्ष बितिसक्दा समेत नगरमा देखाउन लायक कुनै गौरवका योजनाहरू निर्माण हुन नसकेको स्थानीय पवन रिजालले बताउछन । उनले भने ‘नयाँ योजना निर्माण गर्नु त परकै कुराभयो, विगतमा निर्माण भएका पूर्वाधारलाई व्यवस्थित गर्न लमही नगरपालिका चुकेको छ ।’—उनले भने । लमही नगरपालिकाका मेयर जोगराज चौधरी भने अधिकृत विवादका कारण केही सयम काम नभए पनि बिस्तारै काम गरेको दाबी गर्छन ।

जुन रूपमा अपेक्षित काम गर्नुपर्ने थियो त्यो हुन सकेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्माले स्वीकार गरेका छन । उनले विकास निर्माणका कार्य सोचेजस्तो रुपमा हुनु नसकेको बताए । ‘हाम्रा अधिकांश प्रतिवद्धताहरू कार्यान्वयनको चरणमा रहेका छन् ।’— उनले थपे—‘स्पष्ट नीति, कानून र बजेट अभावले आफ्ना कामहरू प्रभावित बनेको छ ।’ लामो समयपछि जनप्रतिनिधि आएकाले केही तलमाथि भए पनि सेवाग्राहीलाई तत्काल सेवा प्रवाह गर्न र स्थानीय तह चुस्तदुरुस्त बनाउन अभ्यास गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?