ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

एसईई खारेज गर्न ऐन बाधकः अध्यक्ष पौडेल

२४ जेष्ठ २०७८, सोमबार
२४ जेष्ठ २०७८, सोमबार

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले शिक्षा ऐनमा एसईई गर्नुपर्ने प्रावधान रहेका कारण एसईईलाई निरन्तरता दिनुपरेको बताएका छन् । उनले ऐन बदलेर एसईई परीक्षा खारेज गर्न सकिने बताए ।

शिक्षा पत्रकार समूहले सोमबार गरेको एसईई अब के गर्ने ? विषयक शिक्षाबार सम्बादमा बोल्दै पौडेलले आफ्नो रहरले भन्दा पनि सरकारकै कानूनका कारण एसईई परीक्षा संचालनको जिम्मेवारी आफुले पूरा गरिरहेको बताए ।

एसईई परीक्षा खारेज गर्न पनि सकिन्छ, प्रदेशलाई दिन पनि सकिन्छ उनले भने, ‘त्यसका लागि ऐन संशोधन हुनुपर्यो ।’

भर्चुअल सम्वादमा बोल्ने शिक्षा क्षेत्रका सरोकारवालाहरुले एसइइ परीक्षा तत्काल खारेज हुनु पर्ने तर्क गरे । उनीहरुले एसइइ संघीयता विरोधी र विद्यार्थी, अभिवाक र सरकारलाई झमेलाकारी भएको समेत टिप्पणी गरे ।

सम्बादमा बोल्दै शिक्षाविद डा. विष्णु कार्कीले माध्यामिक शिक्षा परीक्षा एसईई खारेज गर्नुपर्ने बताए । डा. कार्कीले तत्काल एसईई खारेज गर्न माग गरे ।

एसईईमा विद्यार्थीबाट करोडौँ रकम उठाउने र सरकारले पनि करोडौँ लगानी गरेर उपलव्धि केही नभएको भन्दै खारेज गर्नुपर्ने उनको ठहर छ ।

’एसईई परीक्षाले हाम्रो गरीब मानसिकता मात्रै देखाइरहेको छ, विद्यार्थीलाई कुनै पनि फाइदा छैन’– शिक्षाविद कार्कीले भने– ’एसईई पास गरेको विद्यार्थीले ११ पढ्न प्रवेश परीक्षा दिनुपर्छ । फेरि माध्यमिक शिक्षा १२ कक्षासम्म पुगेपछि एसईईको अब कुनै पनि औचित्य छैन ’।

संविधान र संघीयता लागू भएकै दिनदेनि एसईई खारेज गर्नुपर्ने माग उठेपनि सरकारले खारेज नगर्नु गम्भीर त्रुटि भएको डा. कार्कीले बताए ।

कार्यक्रममा परीक्षा विद् प्रा.डा. दिव्यमान कर्माचार्यले समग्र परीक्षा प्रणालीमा सुधार आवश्यक रहेको भन्दै एसइइ खारेजीका लागि पहिलेदेखि नै सुझाव दिए पनि सरकारले नसुनेको बताए यसबारे अध्ययन मात्रै गराएर खर्च गर्ने तर कार्यान्वयन पक्ष फितलो भएको कर्माचार्यले बताए ।

नेकपा एमालेका नेता तथा पुर्व सांसद सरिता न्यौपानेले पनि ऐन संशोधन गरेर तत्काल एसइइ परीक्षा खारेज गरिनु पर्ने बताइन । विद्यालयको सम्पूर्ण जिम्मा र अधिकार तल गैसकेपछि माथिबाट यो परीक्षा लाद्न नहुने उनको भनाई थियो ।

राष्ट्रिय अभिभावक महासंघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले पनि एसईई खारेज गर्नुपर्ने बताए । एसईईले विद्यार्थीलाई मानसिक तनाव, अभिभावकलाई आर्थिक भार र सरकारलाई व्यवस्थापनकै भार बनाएको उनले बताए । कानुनी कुरा देखाएर एसईई खारेज गर्न ढिलाई गर्न नहुनेमा उनको जोड छ ।

कोभिड १९ महामारीका कारण चालु शैक्षिक शत्रको एसईई सरकारले स्थगित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?