ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

न छ योजना, न भयो लगानी

१९ जेष्ठ २०७८, बुधबार
१९ जेष्ठ २०७८, बुधबार

आर्थिक बर्ष २०७८/७९ को बजेटमा बालबिकास केन्द्रका शिक्षकको पारिश्रमिक १६ हजार पुर्याउने बताएको भए पनि बालबिकास केन्द्रको भौतिक र सिकाइ क्रियाकलापका लागि तीन वटै तहका सरकारको आँखा पुगेको छैन् । यसबाट बालबिकासमा सरकारको लगानीको अनुहार देखिने गरेको छ । रोल्पाबाट महेश न्यौपानेको रिर्पोट

नगरको शिक्षाका लागि १ करोड ३० लाख वजेट विनियोजन गरेको रोल्पा नगरपालिकाले बालविकास केन्द्रका लागि वजेट छुट्याउन आवश्यक ठानेन् । विनियोजित वजेट खर्चका लागि विभिन्न २१ वटा कृयाकलापक वनाएको उसले सवभन्दा धेरै शिक्षक सहायता अनुदानको रुपमा स्वयमसेवक शिक्षक परिचालनका लागि ४३ लाख ३० हजार विनियोजन गरेको छ ।

शिक्षाका विभिन्न क्षेत्रमा वजेट विनियोजन गरेको उसले नगर क्षेत्रमा संचालित वालविकास केन्द्रमा वजेट छुट्याउन आवश्यक ठानेन । रोल्पा नगरपालिका मात्र हैन जिल्लाका लुंग्री, माडी,रुन्टीगढी, त्रिवेणी र सुनछहरी गाउँपालिकाले समेत शिक्षा क्षेत्रमा ठुलो मात्रामा वजेट विनियोजन गर्दा बालविकास केन्द्रलाई प्राथमिकतामा राख्न चाहेनन । बालविकास केन्द्रका लागि वजेट विनियोजन गरेका स्थानीय तहहरुले समेत नाम मात्रको वजेट विनियोजन गरेका छन ।

विविध किसिमका मनोरञ्जनात्मक कृयाकलापका माध्यमवाट संपूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरि उनीहरुलाई विद्यालय तहको पठनपाठनको लागि तयार गर्नु बालविकास केन्द्रको उद्धेश्य हो । पूर्व प्राथमिक तहका बालवालिकाको शारिरीक, मानसिक ,संवेगात्मक र नैतिक जस्तो महत्वपूर्ण पक्षको विकास गर्ने क्षेत्र उनीहरुको प्राथमिकतामा परेका छैनन ।

जिल्लाका दश स्थानीय तहहरुले शिक्षा क्षेत्रमा कुल १४ करोड ८३ लाख ४५ हजार वजेट विनियोजन गर्दा बालविकास केन्द्रका लागि २१ लाख ९० हजार मात्र विनियोजन गरेका छन । यो रकम रोल्पाका स्थानीय तहले यस वर्ष शिक्षा क्षेत्रमा विनियोजन गरेको कुल वजेटको १ प्रतिशत मात्रै हो ।

पालिकाहरुले शिक्षाको गुणस्तर सुधारमा १ करोड ५६ लाख ५ हजार वजेट विनियोजन गरेका छन् । उनीहरुले सामुदायिक विद्यालय अनुदान स्वरुप निजि शिक्षकको तलव सुविधाका लागि ६ करोड ५० लाख ५८ हजार वजेट विनियोजन गरिएको छ । छात्रवृत्तीका लागि ४६ लाख ३१ हजार विनियोजन गरेका स्थानीय तहले भौतिक सुधारका लागि ६ करोड ८ लाख ६१ हजार विनियोजन गरेका छन ।

गंगादेव गाउँपालिका वालविकास केन्द्रका लागि वजेट विनियोजन गर्ने स्थानीय तहको रुपमा देखिएको छ । उसले शिक्षामा कुल २ करोड ९० लाख ५० हजार विनियोजन गर्दा बालविकास केन्द्रको लागि ५ लाख विनियोजन गरेको छ । उक्त वजेट वालविकास केन्द्रका सहजकर्ताहरुको तालिम लगायतका क्षमता विकासमा खर्च गर्ने जनाएको छ । सो गाउँपालिकाले विद्यालयको भौतिक सुधारमा ३० लाख खर्च प्रस्ताव गर्दा शैक्षिक सुधारमा १० लाख ५० हजार विनियोजन गरेको छ । सो गाउँपालिकाले भौतिक सुधार अन्तरगत विद्यालय भवन मर्मत, सौचालय जस्ता क्षेत्रमा खर्च प्रस्ताव गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि सो गाउँपालिकाले शिक्षक तालिम, तथा सामुदायिक विद्यालय व्यवस्थापनका लागि वजेट खर्च गर्ने प्रस्ताव गरेको छ ।

लुंग्री गाउँपालिकाले शिक्षा क्षेत्रमा १ करोड ७ लाख ७० हजार वजेट विनियोजन गर्दा बालविकास केन्द्रका लागि वजेट विनियोजन गर्न आवश्यक ठानेन । विनियोजित वजेट मध्ये उसले ६० लाख ५० हजार भौतिक सुधारमा खर्च गर्ने प्रस्ताव गरेको छ । उसले शिक्षाको गुणस्तर सुधारमा ३ लाख वजेट मात्रै विनियोजन गरेको छ । भौतिक सुधार तर्फ विद्यालय भवन, रंगरोगन, फिल्ड, घेरावार, सौचालय जस्ता क्षेत्रमा खर्च प्रस्ताव गरेको छ । गुणस्तर सुधार तर्फ भने विद्यालयको सुचना प्रविधिमा प्रस्ताव गरेको छ ।

माडी गाउँपालिकाले पनि बालविकास केन्द्रको लागि वजेट विनियोजन गरेको छैन । उसले शिक्षा क्षेत्रका लागि १ करोड ६२ लाख ४५ हजार विनियोजन गरेको छ । शिक्षा क्षेत्रको विनियोजित वजेट मध्ये सो गाउँपालिकाले १७ लाख ६५ हजार भौतिक सुधारका लागि विनियोजन गरेको छ । भौतिक सुधार तर्फ विद्यालय घेरावारमा सो रकम खर्च गर्ने सो गाउँपालिकाले शैक्षिक गुणस्तरका लागि वजेट विनियोजन गरेको छैन ।

परिवर्तन गाउँपालिकाले शिक्षा क्षेत्रका लागि १ करोड ३१ लाख ७८ हजार विनियोजन गर्दा वालविकास केन्द्रका लागी ६ लाख ९० हजार विनियोजन गरेको छ । उसले यो वजेट तालिम र व्यवस्थापनमा खर्च गर्ने उल्लेख गरेको छ ।

सो गाउँपालिकाले विद्यालयको भौतिक सुधारमा ३३ लाख ५० हजार विनियोजन गरेको छ । भौतिक सुधार अन्तरगत विद्यालय घेरावार, सौचलय, फिल्ड, छाना मर्मत र खानेपानीमा खर्च गर्ने भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि सो गाउँपालिकाले १८ लाख ८५ हजार वजेट विनियोजन गरेको छ । शैक्षिक गुणस्तर सुधार तर्फ शैक्षिक मेला, शिक्षक क्षमता विकास तालिम, शिक्षक विद्यार्थी प्रोत्साहन, परिक्षा स्तरीकरण जस्ता क्षेत्रमा वजेट प्रस्ताव गरेको छ । परिक्षा वोर्ड गठन गरि गाउँपालिका भित्रका विद्यालयको परिक्षा सुधार गर्न गाउँपालिकाले प्रस्ताव गरेको छ ।

सुनिलस्मृती गाउँपालिका जिल्लामा बालविकास क्षेत्रमा सवभन्दा वढी वजेट विनियोजन गरेर बालसंवेदनशील स्थानीय सरकारको रुपमा देखिएको छ । उसले ले शिक्षा क्षेत्रका लागि १ करोड ९८ लाख ७६हजार वजेट प्रस्ताव गर्दा बालविकास केन्द्रका लागि ७ लाख ५० हजार वजेट विनियोजनगरेको उसले वसाई व्यवस्थापनका लागि ७ लाख ५० हजार वजेट छुट्याएको छ । उसले भौतिक सुधारका लागि ६४लाख ५०हजार प्रस्ताव गरिएको छ । भौतिक सुधार तर्फ सिसि क्यामेरा जडान, तारवार,विद्यालय रंगरोगन, भवन, फर्निचर जस्ता शिर्षक प्रस्ताव गरेको छ ।

गाउँपालिकाले विद्यार्थीसंग अध्यक्ष कार्यक्रम अघि सारेको छ । जसका लागी उसले यस वर्ष ५ लाख वजेट प्रस्ताव गरेको छ । अघिल्लो वर्ष देखी सुरु गरिएको यस कार्यक्रममा गाउँपालिका अध्यक्षले विद्यालय भ्रमण गरि अनुगमनका क्रममा देखिएका विद्यार्थिका समस्याहरु तत्कालै समाधान गर्ने गर्दछन । कार्यक्रम वनाएर अध्यक्षले विद्यालयको अनुगमनका क्रममा शिक्षकहरुको कक्षा अनुगमन तथा विद्यार्थी र अध्यक्ष वीच अन्तरक्रिया मार्फत उनीहरुको समस्यालाई तत्कालन समाधान गर्ने गरिन्छ गाउँपालिका अध्यक्षका प्रेस संयोजक आशिष क्षेत्रीले भने । कापी, कलम, विद्यालय पोशाक तथा झोला नभएका र विद्यालयले लिने शुल्क तिर्न नसक्ने विद्यार्थीहरुलाई अध्यक्षज्युले फिल्डमै सहयोग गर्नु हुन्छ संयोजक क्षेत्रीले भने ।

गुणस्तर सुधारमा ३५ लाख १० हजार प्रस्ताव गरिएको छ । विद्यालयको गुणस्तर सुधारका लागि शिक्षण सिकाई कुना, प्रधानाध्यापक विद्यालय व्यवस्थापन समिति अन्तरक्रिया, प्रधानाध्यापकका लागि थप भत्ता, स्थानीय पाठ्यक्रम निर्माण, विद्यार्थीका लागि कोचिङ कक्षा, शैक्षिक सामाग्री वितरण जस्ता शिर्षक प्रस्ताव गरिएको छ । सो गाउँपालिकाले खाजाका लागि ग्यास चुल्हो खरिद गर्न ५ लाख वजेट विनियोजन गरेको छ ।

रुन्टीगढी र सुनछहरी गाँउपालिकाले शिक्षा क्षेत्रका लागि क्रमशः ७० लाख र १० लाख २५ हजार बजेट विनियोजन गरेका छन । उनीहरुले शैक्षिक गुणस्तर सुधार र भौतिक सुधारमा के कति खर्च गर्ने उल्लेख गरेका छैनन ।

थवाङ गाउँपालिकाले शिक्षाका लागि २ करोड ४६ लाख २६ हजार वजेट विनियोजन गर्दा बालविकास केन्द्रका लागि २ लाख ५० हजार रुपैयाँ मात्रै प्रस्ताव गरेको छ । उसले विनियोजित वजेट मध्ये २ करोड ३४ लाख २६ हजार रुपैयाँ शैक्षिक कार्यक्रम, फर्निचर, सोलार, भवन, सौचालय, पर्खाल र फिल्ड मर्मतमा खर्च गर्ने भएको छ । गुणस्तर सुधारमा भने सो गाउँपालिको ९ लाख ५० हजार मात्रै विनियोजन गरेको छ । गुणस्तर सुधारका लागि सुचना प्रविधि, दलित वालवालिकाका लागि स्टेशनरी जस्ता क्षेत्रमा खर्च गर्ने भएको छ ।

त्रिवेणी गाउपालिकाले शिक्षा क्षेत्रका लागि ६९ लाख वजेट विनियोजन गरेको छ । उसले भौतिक सुधारका लागी ३३ लाख खर्च प्रस्ताव गरेको छ । भौतिक सुधार तर्फ फिल्ड र सौचलयमा खर्च गर्ने भएको छ । यसैगरि गुणस्तर सुधारका लागि उसले १२ लाख ६० हजार प्रस्ताव गर्दा बालविकासमा रकम छुट्याउन जरुरी ठानेन ।

रोल्पामा विद्यालयमा आधारित ३६९ र समुदायमा आधारित ३८ सहित ४०७ वटा बालविकास केन्द्र रहेका छन । केटा पाँच हजार ५४६ र केटी चार हजार ९१५ गरि कुल दश हजार४६० वालवालिकाले ती केन्द्रमा अध्ययन गर्दछन ।

बालविकास जस्तो महत्वपूर्ण र संवेदनशिल क्षेत्रलाई स्थानीय सरकारले प्राथमिकता नदिनु दुखद पक्ष भएको बालविकास केन्दका जिल्ला प्रशिक्षक टिकाकुमारी वुढाको विचार छ । बालविकास केन्द्रका लागी थोरै मात्र वजेट विनियोजन हुनु र विनियोजित वजेट पनि सदुपयोग नहुनु दुखद हो वुढाले भनिन । बालविकासका लागि विद्यार्थीले हेर्ने, छाम्ने सामाग्री हुनुपर्नेमा कमिशनको खेलमा लागेर वर्षको अन्ततिर फ्लेक्स प्रिन्टजस्ता बालवालिकालाई उपयुक्त नहुने शैक्षिक सामाग्री खरिद गरिन्छ वुढाले भनिन । भौतिक सुधार,गुणस्तर सुधार तथा वालविकास केन्द्रका लागि वजेट छुट्याएको देखाएपनि अधिकांश वजेट नीजि श्रोतका शिक्षकको तलवमा खर्च गर्ने अभिभावकको गुनासो छ ।

स्थानीय पालिकाले विद्यार्थी छात्रवृत्तीका लागि पनि वजेट विनियोजन गरेका छन । उनीहरुले यस शिर्षकमा चालु आर्थिक वर्षका लागि ४६ लाख ३१ हजार प्रस्ताव गरेका छन ।

शिक्षकको तलव अनुदानले अभिभावकलाई राहात
अघिल्लो वर्ष रोल्पा नगरपालिकाले शुन्य दरवन्दी रहेका ४ मावि,११ निमावि,१४ प्रावि र ७ वालविकास समेत गरि ३६ वटा विद्यालयहरुलाई स्वयमसेवक शिक्षक उपलव्ध गरायो । माध्यमिक तहका लागि २० हजार, निम्न माध्यमिक तहलाई १५ हजार र प्राथमिक तहका लागि १० हजारका दरले सुविधा दिने गरि शिक्षक भर्ना गरि ती विद्यालयमा पठाएका छौ नगर शिक्षा अधिकारी महेन्द्र पराजुलीले भने । चालु आर्थिक वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिन ४४ लाख ३० हजार वजेट विनियोजन गरेका छौ नगर शिक्षा अधिकारी पराजुलीले भने । नगरभित्रका सामुदायिक विद्यालयका अभिभावकले नीजि श्रोतका १७० शिक्षकहरुको तलव भत्ताका लागि वार्षिक २ करोड ७६ लाख उठाउदै आएका थिए सवै दायित्व नगरपालिकाले पुरा गर्न नसके पनि शिक्षक अनुदानले अभिभावकको आर्थिक भारमा केही राहात भएको छ नगर शिक्षा अधिकारी पराजुलीले भने ।

गाउँपालिकाको गौरवको आयोजनाको रुपमा लिएको परिवर्तन गाउँपालिकाले ६८ शिक्षक दरवन्दी सिर्जना गरि त्यसको खर्च व्यवस्थापन समेत गरेको छ । उसले यस शिर्षका लागि ६७ लाख १८ हजार विनियोजन गरेको छ । यस अघि त्यहाँका अभिभावकले नीजि शिक्षक व्यवस्थापनका लागि हरेक वर्ष १ करोड ४३ लाख ४ हजार व्ययभार लिदै आएका थिए गाउँपालिकाको यो कदमले अभिभावकलाई ठूलो राहात मिलेको छ गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले भने ।

गंगादेव गाउँपालिकोले नीजि श्रोत शिक्षक अनुदानका लागि जिल्लामै सवभन्दा धेरै वजेट विनियोजन गरेको छ । उसले यस शिर्षक अन्तरगत २ करोड ४५ लाख विनियोजन गरेको छ । शिक्षक तलवका लागी वजेट विनियोजन गर्ने अन्य स्थानीय तहमा माडी गाउँपालिका १ करोड ४० लाख, लुंग्री गाउँपालिका ४४ लाख २० हजार, सुनिलस्मृती गाउँपालिका ४६ लाख ५० हजार र त्रिवेणी गाउँपालिकाले २३ लाख ४० हजार विनियोजन गरेका छन । उनीहरुको यो कदमले शिक्षामा अभिभावकको भार कम भएको बालकल्याण नमुना मावि लिवाङ विद्यालय व्यवस्थापन समितिका सदस्य खटकवहादुर खत्रीको भनाई छ ।

रोल्पाका ४ सय २ सामुदायिक विद्यालयमा ६७ हजार ९८८ विद्यार्थी अध्ययन गर्छन । यहाँका ९५ वटा विद्यालयमा एउटा पनि शिक्षक दरवन्दी शुन्य रहेको शिक्षा विकास तथा समन्वय ईकाई रोल्पाले जानकारी दिएको छ । रोल्पाभरमा प्राविमा २५२, निमावि ४३१ र माविमा २९८ दरवन्दी अपुग छ । दरबन्दी नभएका ठाउँमा निजी स्रोतबाट शिक्षक राखिएको छ । तिनलाई शिक्षकलाई तलब कति ठाउँमा अभिभावक र कति ठाउँ पालिकाहरुले बेहोर्दै आएका छन । यस शिर्षक यहाँका पालिकाहरुले ६ करोड ५० लाख ५८ हजार ५ सय वजेट विनियोजन गरेका छन ।

शिक्षाको गुणस्तर सुधारभन्दा भौतिक सुधारमा स्थानीय तहको चासो हुनुलाई अभिभावक तथा शैक्षिक सरोकारवालाहरुले सकारात्मक रुपमा लिएका छैनन । शैक्षिक सुधारमा गरिएको खर्च भन्दा भौतिक सुधारमा गरिएको खर्च सवैले देख्ने भएकाले उनीहरुको ध्यान त्यता गएको हो जलजला वहुमुखी क्याम्पस रोल्पाका उपप्रध्यापक झक्कुप्रसाद न्यौपानले भने । शिक्षाको गुणस्तर सुधारमा स्थानीय तहको ध्यान नजाँदासम्म जिल्लाको शैक्षिक सुधार हुन नसक्ने न्यौपानेको भनाई छ ।

विद्यालयको भौतिक पुर्वाधार, चिटिक्क परेका भवन आदिलाई विकास देख्ने अथवा पुर्वाधार निर्माणको लगानीलाई विकास मान्ने तर विद्यालयको आन्तरिक सक्षमता बिकास गर्न कुनै लगानी नगर्ने, त्यसतर्फ गरिने सिमित लगानीलाई पनि चौपट र दुरुपयोग ठान्ने मनोविज्ञान अझै पनि ब्याप्त छ बालकल्याण नमुना माावि लिवाङका सहायक प्रधानाध्यपक लेखमणी खड्काको भनाई छ । यो सोचाईलाई नबल्दा सम्म जतिसुकै चिल्ला र आकर्षक भवन ठड्याए पनि त्यहाँ बाट उत्पादन हुने विद्यार्थीको सिकाइ गुणस्तरमा वृद्धि हुनेदेखिदैन खड्काले भने । कक्षा कोठाभित्रकोे प्राबिधिकरण, उपयुक्त सिकाई वातावरण, खोजमुलक र प्रयोगात्मक सिकाई सहजीकरण लगायतका शैक्षिक कार्यकलाप स्थानीय सरकारको प्राथकितामा पर्नुपर्छ खड्काले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?