ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सिद्धार्थ गौतम बुद्धलाई खुल्ला चिठी

१२ जेष्ठ २०७८, बुधबार
१२ जेष्ठ २०७८, बुधबार

हुन त यतिबेला तपाईं सशरीर हुनुहुन्न ।

सञ्चो विसञ्चो सोध्नुको पनि कुनै अर्थ रहेन ।

तै पनि तथागत सिद्धार्थ गौतम बुद्धज्यूलाई सादर प्रणाम गर्दछु ।

 

जहाँसम्म मेरो कुरा छ ब्यक्तिगत वा पारिवारिक रुपबाट भन्नुपर्दा अहिलेसम्म हामी तपाईं जन्मेको जिल्लामा सकुशल नै छौँ । पहिलो चरणको कोरोनाबाट प्रभावित भएर पनि जोगियो । दोस्रो चरणको कोरोनाले अहिलेसम्म कसैलाई छोएको छैन । छोयो भने बाँच्ने सम्भावना क्षीण छ । त्यसैले अक्सिजन फोक्सोमा पुराउनको लागि एका विहानै उकालो ओरालोमा खुट्टा तन्काउँदै श्रीमान् श्रीमती जाने गरेका छौँ । भविष्यमा के हुन्छ के हुँदैन थाहा छैन । जब माथि डाँडामा पुगेर लुम्बिनी सल वनतिर नजर पुग्छ त्यतिबेला तपाइँलाई टाढैबाट साष्टांग प्रणाम गर्छौं ।

आज तपाइँ जन्मेको दिन । हार्दिक श्रद्धाञ्जली दिनको लागि यो खुल्ला पत्र लेखेको छु । मेरो प्रणामलाई बिशेष रुपबाट स्विकार्नु होला भन्ने आशा गरेको छु ।

तपाईंका चार सत्य त मैले जमानामै पढिसकेको हो । राहुल सांकृत्यानले लेखेको चार आर्य सत्य मैले पढेअनुसार बुझेको छु र बुझे अनुसार दिमागमा सञ्चित गरेर राखिरहेको छु । अरु पढ्नेहरुले कति बुझे कति बुझेनन् त्यो थाहा भएन । तर, मैले बुझे अनुसार ईश्वरलाई नमान्नु, आत्मालाई नित्य नमान्नु, कुनै ग्रन्थलाई स्वतः प्रमाण नमान्नु, जीवन प्रवाहलाई यो शरीर भन्दा पूर्व र पश्चात् पनि नमान्नु ।

यति सरल दर्शन दिनु भएको छ कि ईश्वर काल्पनिक हो । मान्छेले प्रकृतिसँग डराएर सहारा खोज्दै जाँदा बाठाहरु ईश्वर बन्न पुगे । यो नै वास्तविक र बस्तुगत सत्य हो । अहिले ईश्वर भन्ने चिज यस्तो भएको छ कि यसकै नाममा नेताहरुले सत्ता हाँकेका छन् । ठगी खाने कमण्डलू ईश्वरलाई बनाइएको छ । तपाईंलाई पनि यहाँ धेरैले ठगेर खाने कमण्डलू बनाइरहेका छन् ।

कुनै ग्रन्थलाई स्वतः प्रमाण नमान्नु भनेर तपाईंले प्रतिपादन गर्नु भयो । तर, यहाँ त ग्रन्थको सहारामा समाज चलेको छ । जन्मे देखि मृत्यु भएको लामो समयसम्म पनि ग्रन्थलाई नै आधार बनाइएको छ । ग्रन्थहरुको हुलिया दिएर बच्चा बच्चीको न्वारान गरिन्छ । पास्नी, ब्रतवन्ध, विवाह, चौरासी पूजा, मृत्युपछिका दिनमा गरिने किरिया, श्राद्ध आदिमा गरिने कर्मकाण्ड सबै ग्रन्थकै आधारमा हुन्छन् ।

ग्रन्थमा लेखिएका श्लोकहरुलाई अकाट्यताको ठप्पा लगाइन्छ । मनुस्मृतिको गहिरो छाप परेको छ । हे ईश्वर भन्दै मानिस ईश्वरको पछि म्याराथन दौड दौडिएको छ । देवताका स्वरुपहरु पनि ३३ कोटी रे । कोटीलाई कतिले करोड पनि भन्न थाले । ३३ लक्षणयुक्त मानिस भनिएको कुरा हेर्नुस् त कसरी अपब्याख्या भइरहेको छ ?

जीवन प्रवाहलाई यो शरीर भन्दा पूर्व र पश्चात पनि नमान्नु भन्ने तपार्इंको दर्शन यो समाजमा कामै नलाग्ने दर्शन भएको छ । पूर्व जन्मको पाप र पुण्यको हवाला दिएर यहाँ ठूलाहरुले सानालाई शोषण गरेका छन् । लूटिरहेका छन् । नंग्याइरहेका छन् । दास बनाएर कज्याएका छन् । अनि, पछिल्लो जन्ममा सुख, समृद्धि मिलोस् भनेर मानिसहरुले अनेकथरी धार्मिक अनुष्ठान गरिरहेका छन् । तीर्थयात्रा गरेका छन् । यज्ञ यज्ञादि गरेका छन् । कसैले सप्ताह गर्छन् । स्वस्थानी ब्रत बस्छन् ।

एकादशिको दिनमा खासगरी महिलाहरु ब्रत बस्छन् । सत्य नारायणको पूजा अनुष्ठान गर्छन् । ता कि मरे पछि स्वर्गमा जान पाइयोस् । अर्को जन्ममा समृद्धि मिलोस् । मानिसलाई पूर्व जन्म र पश्च जन्मको खिचडी पकाएर ख्वाउने लटाधारी, जटाधारीको यहाँ चर्को बिग्बिगी छ । कोही भोले शंकर भन्दै चिम्टा बजाउँदै हिँडेका छन् । कतिपयहरु त झल्लरी छाता चेलाहरुलाई ओढाउन लगाएर देशाटन गर्दै आफ्नो आस्थाको धर्म प्रचार गर्छन् । दानको नाममा पैसा ऐंठ्छन् । सरकार पनि यसैबाट सञ्चालित छन् । सम्बिधानलाई भन्दा बढी धर्म पुस्तकलाई प्राथमिकता दिन्छन् ।

धर्मले चपक्कै गाँजेको समाजमा तपाईंको दर्शनको मर्म बौद्ध भिक्षुहरुले पनि बुझ्न सकेको देखिँदैन । भन्ने र भनाउने कुरामा त उनीहरु बुद्धिष्ट देखिन्छन् । तर, माथि उल्लेखित तपाईंको दर्शनको पालना गरेको पाईंदैन । विना शिक्षाको भिक्षा माग्नका लागि अनेक शिर्षकमा कोही सडकमा आर्थिक अनुदान माग्दै हिँडेको देखिन्छ ।

कोही घरघरमा पुगेर चामल दाल बटुल्छन् । कारण सोध्यो भने बौद्ध मन्दिर बनाउने रकम अनुदान जुटाउन हिँडेको भन्छन् । जब कि मन्दिर बनाउने कुरा तपाईंको दर्शन भित्र पर्दैन । यस्तै कन्त विजोग छ यहाँ । तपाईं जन्मेको ठाउँमा पनि चार आर्य बुद्ध दर्शन पालना भएको छैन । यी कुरा जानकारी गराउनका लागि यो खुल्ला पत्र लेखेको हुँ । तपाईंको जन्म दिनमा योपालि जन्मस्थानमा जान पाइन । त्यसो त पोहर साल पनि जान सकिन । कोरोनाको उर्लंदो संक्रमणले गर्दा सरकारले निषेधाज्ञा लगाएको छ । त्यसैले टाढैबाट पत्र मार्फत पुनः श्रद्धा सुमन अर्पण गरेँ ।

उही तपाईंको अभिलाषी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?