© २०२३
बुटवल,२० असार । नेकपा एमाले निकट अनेरास्ववियु रुपन्देहीले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि एक रुपैयाँका दरले चन्दा संकलन गरेको छ । अनेरास्ववियुले बुटवलको मिलनचोकमा गरेको कार्यक्रममा सर्वसाधारणले एक रुपैयांका दरले चन्दा दिंदा ७ सय ३१ रुपैयां संकलन भएको अनेरास्ववियुका केन्द्रीय सदस्य शेषकान्त पोखरेलले जानकारी दिए । संकलित पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने उनले जानकारी दिए ।
राष्ट्रपति पौडेलले भारतमा गराएको उपचार खर्चको रकम शुरुमा आफैले ब्यहोर्न चाहेको बताएका थिए । तर हिजो मात्रै उपचारमा भएको खर्च निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि राष्टपति पौडेलको आलोचना भैरहेको छ । चन्दा संकलनमा अनेरास्ववियु स्थायी कमिटी सदस्य लेखनाथ खनाल, नेकपा एमालेका युवा नेतता सरोज पोखरेल, बालकृष्ण पाण्डे ,अनेरास्ववियुका केन्द्रिय सदस्य साजन भण्डारी, कृष्ण बस्याल, जिल्ला संयोजक रमेश ढकाल , जिल्ला नेता भरत अर्याल लगायत सहभागी थिए ।