© २०२३
बुटवल,२० असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा बस्ने सबै आधार गुमाएको निष्कर्ष निकालेको छ ।
असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली धाएको बताएका थिए ।
त्यही अभिव्यक्तिबारे छलफल गर्न बसेको संसदीय दलको बैठकपछि सचेतक महेश बर्तौँलाले संसद्ले बनाएको प्रधानमन्त्रीले संसदले बनाएको होइन दिल्लीले बनाएको भन्ने अभिव्यक्ति गम्भिर रहेको बताए । प्रधानमन्त्रीले संसद र जनतादेशको अपमान गरेको भन्दै यो प्रधानमन्त्रीको नीजि बिषय नभएको बताए ।
यस विषयमा एमालेको तर्फबाट कडा ढंगबाट प्रस्तुत हुने उनले बताए। उनले प्रधानमन्त्रीले पदमा बस्ने सबै आधार गुमाएको जिकिर गरे ।
संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्रीको आपत्तिजनक र देशको सार्वभौमिकताविरोधी अभिव्यक्ति क्षमायोग्य नभएकाले राजीनामा माग्ने निर्णय भएको एमाले सांसद ठाकुर गैरेले जानकारी दिए ।