ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

जमुनाह नाकाबाट फर्किए ७१ हजार नेपाली

५ जेष्ठ २०७८, बुधबार
५ जेष्ठ २०७८, बुधबार

कोरोना सङ्क्रमण दोस्रोे चरणपछि भारतमा रोजगारीका लागि गएका ७१ हजारभन्दा बढी नेपाली नेपालगञ्जस्थित जमुनाह नाका भएर नेपाल फर्किएका छन् । भारतमा सङ्क्रमणले भयावह रुप लिएपछि त्यहाँका अधिकांश सहरमा कोरोना कर्फ्यू लगाइएकोले गत एक महिनाको अवधिमा रोजगारीका लागि त्यहाँ गएका ७१ हजार ७६ जना नेपाली जमुनाह नाका भएर स्वदेश फर्किएको जमुनाह प्रहरीले जनाएको छ ।

सीमानामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई विष्णु गिरीले दोस्रो चरणको कोरोना लहर शुरु भएयता मात्रै यो नाकाबाट ७१ हजार ७६ जना नेपाली नेपाल फर्किएको बताए । उनले भारतमा अधिकांश सहर बन्द गरिएपछि दैनिक दुई हजारदेखि ३ हजार पाँच सयसम्म नेपालीहरु यो ननाका भएर स्वदेश फर्किएको बताए । हाल आएर दैनिक दुई हजारको हाराहारीमा नेपालीहरु फर्किरहेको पनि सई गिरीले बताउनुभयो ।

भारतबाट फर्किनेहरुको लगत संकलन तथा स्वास्थ्य परीक्षण र अन्य परामर्शका लागि जमुनाह नाकामा चैत ११ देखि हेल्थडेस्क स्थापना गरिएको छ ।हालसम्म सो हेल्थ डेस्क पार गरेर ७१ हजार ७६ जना स्वदेश फिर्ता हुनुभएकोमा लक्षण चिन्ह देखिएका सहित १ हजार ५४१ जनाको एन्टिजिन परीक्षण गरिएकोमा १९८ जनामा कोभिड पोजिटिभ देखिएको जमुनाहस्थित हेल्थ डेस्कले जनाएको छ । नेपालगञ्ज उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले धेरै ठुलो संख्यामा नेपालीहरु फिर्ता भैरहेकोले सिमिति जनशक्तिको भरमा नेपाल भित्रिनेको लगत सङ्कलनका साथै स्वास्थ्य परीक्षण र एन्टिजेन परीक्षण समेत भैरहेको बताए।जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहकार्यमा जमूनाह भन्सारमा भारतबाट फर्किनेहरुको सहजताका लागि होलिडङ सेन्टर समेत सञ्चालन गरिएको छ ।

भारतबाट फर्किनेहरुको सीमानाकामा हुने एन्टिजिन परीक्षणमा पोजिटिभ देखिएपछि राख्नका लागि होटल ह्वाईटहाउसमा ५० बेडको आइसोलेसन वार्ड सञ्चालन गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । उक्त आइसोलेसनमा घरमा आईसोलेसनको उपयुक्त व्यवस्था नभएका नगरबासीले समेत सेवा लिइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?