© २०२३
बुटवल, १७ असार । काठमाडौँ महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । आइतबार महानगर प्रमुख बालेन शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो ।
काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले सो निवासभित्र रहेका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिएको जानकारी दिए । निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् । महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो ।
अहिले ललितानिवासको जग्गा यकिन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । ललितानिवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।