ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

तिलोत्तमाको नीति कार्यक्रम : किसानको उत्पादनमा अनुदान

९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

बुटवल, ९ असार ।  तिलोत्तमा नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो अधिवेशनले आर्थिक वर्ष ०८०÷०८१ को नीति कार्यक्रम सर्वसम्वत रुपमा पारित गरेको छ । असार १० गते बजेट ल्याउने पुर्व सन्ध्यामा शनिवार नीति तथा कार्यक्रम ल्याइएको हो । नगरप्रमुख रामकृष्ण खाँण शुक्रबार १ सय ५५ बुदामा समेटिएको नीति कार्यक्रम नगरसभाले पारित गरेको हो ।
नीति कार्यक्रमको लक्ष्य ‘समृद्ध नगर खुशी नगरबासी’ रहेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्धेश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरिएको नगरप्रमुख खाँणले बताए ।
नगरपालिकाले आर्थिक बिकास अन्तर्गत कृषि, पशु, रोजगारी, पर्यटनतर्फ खेतवारीमा उत्पादन हातहातमा अनुदानको नीति अपनाईने छ । नगरका प्रमुख बालीहरुमा देखापर्ने रोगहरुको शीघ्र निदानको लागि नगर क्षेत्रभित्र बिशेषज्ञ सहितको बाली उपचार शिविर संचालन गरिनेछ । वाली बिमा कार्यक्रम संचालनमा ल्याइनेछ । नगरपालिकामा एक भूमि बैंक स्थापना गरिनेछ । जहाँ सार्वजनिक तथा नदी उकास जग्गाको लगत संकलन गरि उक्त जग्गामा बैदेशिक रोजगारीबाट फर्किएका युवा, स्थानीय युवा, आमा समूह, युवा क्लब तथा यस्तै प्रकृतिका सामुदायिक संघसंस्थाहरुलाई तुलनात्मक लाभ बढी हुने किसिमका फलफूल तरकारी खेती तथा अन्य कृषिजन्य उत्पादनका लागि प्रोत्साहन गरिनेछ । सामुहिक खेती प्रणाली अवलम्बन गर्ने समूहहरुलाई जोताईमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।
‘मेड इन तिलोत्तमा’ घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गरिनेछ । विभिन्न सुपर मार्केटहरु संग सम्झौता गरि उक्त बजारहरुमा तिलोत्तमाको उत्पादन बिक्रि वितरणको व्यवस्था गरिएको नगर प्रमुख खाँणले बताए ।
पशु सेवालाई प्रभावकारी रुपमा सम्पादन गरि पशुपंक्षीहरुको आकस्मिक उद्दार तथा उपचार सेवा प्रदान गर्नको लागि विशेषज्ञ पशु चिकित्सक सहितको ‘भेट एम्बुलेन्स’ सेवा संचालन गरिनेछ ।देशब्यापी रुपमा पशुहरुमा देखा परेको खतरनाक ‘लम्पी स्किन’ रोग बिरुद्धको खोप नगरक्षेत्रभित्र रहेका सम्पूर्ण गाईहरुमा निशुल्क उपलब्ध गराइ नगर प्रमुख खाँणले बताए ।
स्थानीयस्तर देखि नै डिजल, पेट्रोल, एल.पी.जी. ग्यासको खपत कम गरि मूलुकको चुलिँदो व्यापार घाटालाई कम गर्न तथा देशभित्र उत्पादित बिजुलीको स्थानीय खपत बढाई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नगरपालिका क्षेत्रभित्रको सिक्सलेन सडक अन्तर्गत उपयुक्त स्थानमा विद्युतीय सवारी चार्ज गर्नको लागि चार्जिङ्ग स्टेशन स्थापना गरि संचालन गरिनेछ । आगामी दिनमा नगरपालिकाले खरिद गर्ने गाडीहरु अनिवार्य रुपमा विद्युतीय गाडी हुनुपर्ने व्यवस्था गरिनेछ । उज्यालो तिलोत्तमा अभियान अन्तर्गत १७ वटै वडाका प्रमुख रणनैतिक स्थानहरुमा मिनीमास्ट बत्ती जडान गरिनेछ । आवश्यकताका आधारमा नगरका भित्री सडकमा लाइट जडान गरिने छ । शंकरपुर चोकदेखि नगर कार्यपालिका कार्यालयसम्म लागि निशुल्क ई–रिक्साको व्यवस्था गरिनेछ भने नगर बस संचालन गरिने छ ।

‘सिंचाइमा लगानी, खेतबारीमा पानी’ अभियान अन्तर्गत नगर क्षेत्रभित्र संचालित सोहछत्तिस सिंचाइ प्रणाली लगायतका सामुदायिक सिंचाई प्रणालीहरुको मर्मत, सुधार, तथा सवलिकरण गरिनेछ । नगर क्षेत्र भित्र संचालित संचारका माध्यमहरुको विकास तथा विस्तारको लागि सहयोग तथा पहल गरिनेछ । तिलोत्तमामा कार्यरत पत्रकारहरुको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
‘नगरसंग जनताको आश ः व्यवस्थित र सरल नक्सा पास’ घर नक्साको कार्यका लागि फरक फरक २० वटा नक्साको डिजाइन नगरपालिका आफैले तयार गरि नगरबासीलाई निशुल्क प्रदान गरिनेछ । यसैगरि नो हर्न नगरपालिका, वातावरणमैत्री स्थानीय शासन कार्यक्रम, छाडा चौपाया व्यवस्थापनका लागि पशु दर्ता तथा व्यवस्थापन प्रणाली, गुट्खाजन्य पदार्थ बेचबिखन नियन्त्रण र फोहोरमैला बर्गिकरणको कार्यलाई कडाईका साथ कार्यान्वयन गर्दै त्यसको दिगोपना कायम राख्न टोल विकास संस्था, युवा क्लब, आमा समूह, नगर बाल संजाल, आम संचार जगत, बिद्यालयहरु तथा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रभावकारी परिचालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?