ट्रेंडिंग:

>> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार

कहिले व्यवस्थित बन्ला बुटवल बजार ?

बुटवललाई बस्न योग्य शहर कसरी बनाउने भन्नेबारे पछिल्लो समय हरित योजनासहितको कार्ययोजना बनिरहेको छ । उक्त योजनामा खानेपानीको व्यवस्थापन, चुरेको पहिरो रोकथाम, तिनाउ र दानव नदीको तटबन्ध, सडक क्षेत्रमा गुणस्तरीय विद्युतीय लाइट, हरियाली सडक, सार्वजनिक शौचालय निर्माण लगायतका सवालमा योजना बनाइरहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
७ असार २०८०, बिहीबार
७ असार २०८०, बिहीबार

बुटवल, ७ असार ।

बुटवललाई व्यवस्थित बनाउन भन्दै बुटवल उपमहानगरपालिकाले व्यवस्थापनका योजना संचालन गरिरहेको छ । तर, बुटवल व्यवस्थित बन्ला ? व्यवस्थित बनाउन उपमहानगरले के के योजना थालेको छ ? यसको जवाफमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले भनिन्, ‘बुटवल व्यवस्थित गर्ने पहिलो काम अन्तर्गत मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरु, ठेला, इ–रिक्सा व्यवस्थापनको काम सुरु गरेका छौं ।’

बुटवल बजारलाई व्यवस्थित गर्ने भन्दै चालु आर्थिक वर्षको सुरुवातदेखि नै अस्पताल लाइनमा अत्यावश्यक तथा अस्पतालमा आउने जाने बाहेकका सवारी पार्किङ तथा फुटपाथको व्यापार व्यवसाय हटाइएको छ । बुटवल नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने अभियान सुरु गरिएको छ ।

उपमहानगरले सडकको क्षेत्राधिकार मिचेर गर्ने व्यवसाय, पार्किङ, निर्माण सामग्री र सडक, फुटपाथ अवरोध हुने वस्तु नराख्न आग्रह गरेको छ । अटेर गरिएमा कानून अनुसार कारबाही प्रक्रिया अघि बढाइने नगरप्रमुख खेलराज पाण्डेयले बताए । ‘बुटवल नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउनका लागि सबैले उत्तिकै भूमिका निर्वाह गर्न जरुरी छ, जसका लागि सबैले सडक क्षेत्र मिचेर व्यापार व्यवसाय नगर्ने, सवारीको जथाभावी पार्किङ नगर्ने वा नियमानुसार व्यवस्थापन गर्ने काम सबैले गर्नुपर्छ’–नगरप्रमुख पाण्डेयले भने ।

अहिले ठेला व्यवस्थापनको काम शुरु गरेको बताउँदै उनले अनधिकृत रुपमा सडक क्षेत्रमा ठेला नराख्न, इरिक्सा चोकमा पार्किङ गरेर सवारी जाम गर्ने, एम्बुलेन्स आवागमनमा समेत अवरोध पु¥याउनेलाई कानुनअनुुसार कारबाही गर्ने बताए । बुटवलले केहीदिन अघिदेखि माइकिङ गर्दै सडक क्षेत्रमा ठेला नराख्न र पार्किङ व्यवस्थापन गर्न आह्वान गर्दै आएको थियो । सडक क्षेत्रमा राखिएका मोटरसाईकल रिकन्डिशन, वर्कसप, शोरुम, फर्निचर व्यवसाय, निर्माण तथा अन्य सबैखालका व्यापार व्यवसाय हटाउन आह्वान गरिसकिएकाले छिटै नै अनुगमन गरी कारबाही अघि बढाउने नगरप्रमुख पाण्डेयले बताए ।

यस्तै, बुटवल उपमहानगरपालिका भित्र ठूलो आवाजमा हर्न बजाउने र मोटरसाइकल मोडीफाई गर्ने, ध्वनी प्रदुषण गर्नेहरुलाई कारबाही थालिएको छ । ट्राफिक प्रहरीसँगको समन्वयमा रातीको समयमा समेत ध्वनी प्रदुषण गर्नेलाई अनुगमन गरी कारबाही अघि बढाएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए । उनले सडक क्षेत्रमा ठेला लगाएर अखाद्य मासु र मदिराको समेत व्यापार गर्ने गुनासो आएकोले त्यस्ता व्यवसायलाई कडा कारबाही गर्ने निर्णय भएको बताए । उनले बुटवल क्षेत्रका हाटबजार व्यवस्थापन गर्ने र तोकिएका स्थानमा बाहेक अन्यत्र बजार लगाउन नपाउने गरी हाटबजार व्यवसायीलाई आग्रह गरेको समेत जनाए ।

सरसफाइ योजना

यही वैशाखदेखि स्वच्छ तथा सरसफाईयुक्त नगर बनाउन भन्दै बुटवल उप महानगरपालिकाले खोला तथा नहर सरसफाई अभियान सुरु गरेको छ । तालिका बनाएर नगरभित्रका सार्वजनिक क्षेत्र एवं खोला र नहर सरसफाइ थालिएको हो । यस अन्तर्गत बुधबारदेखि मुख्य शहरी क्षेत्र भएर बग्ने सुखौरा खोला सरसफाई थालिएको हो । सुरुवातमा ३ दिने अभियानमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, जनपद प्रहरी, सशस्त्र प्रहरी, स्थीिनय उपभोक्ता समूहका पदाधिकारी र सदस्यहरु खटेका थिए । सरसफाइसंगै सुखौरा खोलामा ढल मिसाउने, फोहोर फाल्ने काम रोक्न उपभोक्ता समितिमार्फत सचेतना कार्यक्रम अघि बढाउने उपप्रमुख अर्यालले बताइन् । पहिलो चरणमा घरघरमा सचेतना बोर्ड राख्ने र दोस्रो चरणमा टोल समितिको अगुवाईमा फोहोर गर्नेलाई जरिवानासहितको कारवाही गर्ने बुटवल उपमहानगरको योजना छ । उपमहानगरले सुखौरा खोलापछि अन्य खोला र नहर सरसफाई थाल्ने छ ।

बुटवल शहरमा दैनिक ७० टन फोहोर उत्पादन हुन्छ । उक्त फोहोर व्यवस्थापन गर्न स्थायी प्रशोधन केन्द्र भने छैन । उपमहानगरले फोहोर उठाएर तिनाउ नदी किनारमा फाल्छ । यसबाहेक खोला नहरका छेउँमा बस्ने स्थानीयले समेत फोहोर फाल्दा बुटवल दुर्गन्धित बन्दै गएको छ ।

ई–रिक्सा व्यवस्थापन

पेट्रोलियम पदार्थबाट चल्ने साना गाडी व्यवस्थापन गरी वातावरण प्रदुषण हुनबाट जोगाउन भन्दै नेपालमा करिब १२ वर्षअघिदेखि विद्युतीय रिक्सा संचालनमा ल्याइएको छ । त्यसअनुसार बुटवल उपमहानगरपालिका भित्र ई–रेक्साहरु दर्ता संचालनमा आइरहेका छन् । बुटवल उपमहानगरपालिका राजश्व शाखाका अधिकृत डोलराज पौडेलका अनुसार आर्थिक वर्ष २०७२÷७३ सालमा दर्ता गरिएका तर, व्यवस्थापन नभएका रिक्सालाई अहिले व्यवस्थापन गरिएको हो । बुटवल उपमहानगरपलिका भित्र १ हजार २ सय ५६ वटा ई–रिक्सा दर्ता भएर संचालनमा आएका छन् । १७ वटा टेम्पुलाई दर्ता गरी संचालनमा इजाजत दिइएको छ । ई–रिक्साको क्षमता १ हजार ४ सय ४० छ । अब दर्ता हुन बाँकी रहेका रिक्साहरु १८४ वटा छन् ।

नियमत इन्जिन जडित सार्वजनिक यातायात दर्तादेखि व्यवस्थापनको जिम्मा प्रदेश सरकारमा छ । तर देशका कुनैपनि प्रदेशले विद्युतीय रिक्सा व्यवस्थापन सम्बन्धी कानुन बनाएका छैनन् । प्रदुषण नहुने, भित्री सडकहरुमा पनि पुग्ने र तुलनात्मक रुपमा सस्तो भाडादरका कारण तराइका जिल्लाहरुमा विद्युतीय रिक्साको माग बढिरहेको छ । यस्तोमा बुटवल उपमहानगरले आवश्यक संख्याको निर्धारण, रुट निर्धारण, भाडा दर निर्धारण गर्ने एवं नियमनको कामलाई अगाडि बढाएको हो । ‘यात्रामा सहजता ल्याएका विद्युतीय रिक्सा व्यवस्थापन नै गर्न नसक्ने गरी बढ्दै जाने र दुर्घटना निम्त्याउने कारक बन्न सक्नेछन् । यसर्थ बुटवलवासीले चलाउने आवश्यकता अनुसारका रिक्सा व्यवस्थापन गर्ने प्रक्रिया बेलाबेलामा हेरफेर गरिराख्ने छौं ।’

बुटवललाई बस्न योग्य शहर कसरी बनाउने भन्नेबारे पछिल्लो समय हरित योजनासहितको कार्ययोजना बनिरहेको छ । उक्त योजनामा खानेपानीको व्यवस्थापन, चुरेको पहिरो रोकथाम, तिनाउ र दानव नदीको तटबन्ध, सडक क्षेत्रमा गुणस्तरीय विद्युतीय लाइट, हरियाली सडक, सार्वजनिक शौचालय निर्माण लगायतका सवालमा योजना बनाइरहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?