ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

श्रम स्वीकृति नभएका ६४ देशमा नेपाली

६ असार २०८०, बुधबार
६ असार २०८०, बुधबार

बुटवल, ६ असार
सरकारले बैदेशिक रोजगारको लागि श्रम स्वीकृति नदिएका ६४ राष्ट्रमा नेपालीहरु पुगेका छन । साथीभाईको लहलहै र धेरै पैसा कमाउने सपना बोकेका तर आफु जाने राष्ट्रका बारेमा राम्रो ज्ञान बिना श्रममा जाने ठूलो जमात रहेका छन ।
पौरखी नेपालका परियोजना टिम लिडर मन्जु गुरुङले आम नागरिकमा सुचनाको पहुच नहुदा अझै पनि धेरै युवाहरु ठगिनुपरेको अवस्था रहेको दुखेसो गरिन । ‘हाल १ सय ११ राष्ट्रहरुमा नेपाल सरकारले श्रम स्वीकृति खुल्ला गरेको छ तर नेपालीहरु १ सय ७५ बढि राष्ट्रमा श्रममा गएको तथ्याक छ ।’— उनले भनिन । बैदेशिक श्रमलाई सुरक्षित, सहज र लाभदायक बनाउनेतर्फ सरोकारवालाहरुले जोड दिनुपर्ने उनको तर्क छ ।
बाध्यताकै कारण वैदेशिक रोजगारमा जाने नेपाली युवाहरुलाई सहजिकरण आवश्यक रहेको उनले बताईन । ईसारा ईन्टिच्युटको सहयोग र पौरखी नेपालको आयोजनामा सरोकारवालासंग मंगलबार बुटवलमा प्रवासी कामदारहरुको लागि न्यायोचित भर्ना अभ्यासबारे उज्वल सपना अन्तरक्रिया कार्यक्रममा उनले एकैपटक वैदेशिक रोजगारमा युवाहरुलाई रोक्नेभन्दा पनि ब्यवस्थित गर्न जरुरी रहेको बताईन ।
यहि समस्यालाई मध्यनजर गरि उज्वल सपना कार्यक्रम चलाएको उनले बताईन । दैनिक १७ सय युवाहरु विदेश पलाएन भैरहेको अवस्था छ । यसबाहेक लुकिछिपि जानेको कुनै तथ्याक छैन । यस्तोमा सुरक्षित रुपमा जान पाउने अधिकारलाई सुनिश्चित गर्ने लक्ष्य रहेको उनले बताईन । बैदेशिक रोजगारमा जाने श्रमिकहरुले पैसा तिर्न नपर्ने शून्य नीति अवलम्बन गर्ने राष्ट्रमा जाने श्रमिकहरुलाई सहजिकरण गरेको छ ।
गृह श्रमिकहरु खुलाउनुपर्ने सुझाव समेत आएको छ । खाडी मुलुकबाट श्रममा जाने देशहरु बसेर कोलोम्बो प्रक्रिया तयार गरेको छ । जसमा १० वटा बुदाहरुमा कार्यान्वय गराउनुपर्नेमा जोड दिएको छ। जसमा आईएलओको ८ वटा बुदाहरुलाई समेटिएको छ । यसमा हटलाईनमार्फत सुचना दिनेसम्मको ब्यवस्था रहेको छ । वैदेशिक रोजगारको विषय धेरै क्षेत्र र संघसंस्थाहरुको भुमिका जोडिएको हुदा बहुपक्षित हस्तक्षेप जरुरी रहेको उनले बताईन । मुख्य गरि नेपाल, श्रीलंका, भारत, पाकिस्तान, बंगलादेशबाट मलेसियामा श्रमिकहरु बढि जाने गर्छन ।
उज्जल सपना (गोल्डेन ड्रिम्स) एप्प तयार गरेर रोजगारमा जाने श्रमिकहरुलाइ सचेत गराउने काम अघि बढाएको परियोजना अफिसर मनिष केसीले बताए । यसमा सुरक्षित रोजगार पाउने राष्ट्रको पहिचान, आफू श्रम गर्न जाने देशको श्रम ऐनबारे ज्ञान, धर्म र संस्कृतिबारे ज्ञान, लेभल ल, कामदारको अधिकार, पासपोर्ट महत्त्व, मेन पावरहरुको पहिचानका बारेमा जानकारी दिईएको छ । संस्थाबाट कोभिड संक्रमणको समयमा ७ सय बढि वैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई परिवारसंग पुनः एकीकरण गराउने, वैदेशिक रोजगार बोर्डबाट क्षतिपूर्ति, सहजिकरण, स्वस्थ्य परिक्षण लगायत सहजिकरण गरेको बताए ।
कार्यक्रममा पौरखी नेपालका अध्यक्ष सत्रकुमारी गुरुङले बैदेशिक रोजगारलाई जिरो कस्ट प्रभावकारी बनाउने गरि सरोकारवालाहरु एक भएर काम गर्न जरुरी रहेको बताईन । पौरखी नेपालले सुरक्षित वैदेशिक रोजगार, हामी सबैको साझा सरोकार नारासहित समुदायस्तरमा काम गर्दै आएको उनले बताईन । हाल नेपालमा करीब दर्ता÷नबिकरण भएका ८ सय ७५ बढि मेन पावर कम्पनीहरु रहेका छन । त्यसमध्ये थोरैमात्र उज्वल सपनामा जोडिएका छन । मलेसियाको रोजगारदाता कम्पनीहरु यसमा सुचिकृत भएका छन जो शून्य श्रममा कामदार लैजान तयार छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?