ट्रेंडिंग:

>> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?

रोकिएन नदीजन्य पदार्थको अवैध दोहन

५ असार २०८०, मंगलवार
५ असार २०८०, मंगलवार

पाल्पा, ५ असार ।

जिल्ला विपद् व्यवस्थापन समितिले पाल्पामा तीन महिनाका लागि नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा तथा माटो निकासीका लागि रोक लगाएको छ । तर, उत्खनन भने रोकिएको छैन । समितिले केही दिन अगाडि असार १ गतेदेखि भदौ मसान्तसम्म पाल्पाका कुनै पनि नदी, खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने निर्णय गरेको थियो । तर निर्माण व्यवसायीहरुले खोला तथा नदी दोहन गर्न छाडेका छैनन् । नियामक निकायले अनुगमन गर्न नसक्दा नदीजन्य पदार्थको दोहन भइरहेको हो ।

पछिल्ला समयमा तिनाउ र झुुम्सा खोलाबाट अवैध रूपमा ढुंगा निकाल्ने काम भइरहेको छ । तिनाउ गाउँपालिकाको स्वीकृतिविना यहाँका खोलाहरुबाट अत्यधिक नदीजन्य पदार्थ दोहन भइरहेको छ । ढुंगा निकासी भइरहेको सुराकी पाएपछि प्रहरीले निगरानी बढाएको छ । खोलाबाट अवैध रूपमा ढुंगा निकाल्न प्रयोग भएका जेसीबी, टिपर र ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले असार १ गतेदेखि ३ गतेसम्म अवैध रूपमा ढुंगा निकाल्न र ओसार पसार गर्न प्रयोग भएका ७ वटा उपकरणलाई नियन्त्रणमा लिइसकेको छ । गत शुुक्रबार तिनाउ गाउँपालिका–३, बेँसीस्थित तिनाउ खोलामा अवैध रुपमा ढुंगा उत्खनन् गरिरहेको दुई वटा जेसीबी र निकासी गर्दै गरेका दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी नायव निरीक्षकसहितको प्रहरी टोलीले ग १ क ४१०५ र ग १ क ५०२५ नम्बरको जेसीबीले खोलाबाट अवैध ढुंगा निकाल्दै गर्दा नियन्त्रणमा लिएको थियो ।

यस्तै प्रहरीले ना ३ त ९१६३ र लु २ त ३६१२ नम्बरको ट्याक्टरलाई पनि नियन्त्रणमा लिएको छ । त्यसको अर्को दिन शनिबार प्रहरी चौकी प्रभासबाट खटेको प्रहरी टोलीले अवैध ढुंगा उत्खनन् गरी ल्याउदै गरेको अवस्थामा ३ वटा टिपरलाई नियन्त्रणमा लिएको छ । तिनाउ गाउँपालिका–५ चरचरेस्थित भित्री सडक चिउरेबाट ढुुंगा बोकी बुटवलतर्फ लैजाँदै गरेका हाईवा गाडी (टिपर) प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध रुपमा ढुुंगा बोकेका प्रदेश २–०३–०० १ ख ३२२९ , प्रदेश २–०३–०० १ ख २९९२ र प्रदेश २–०३–०० १ ख २९९४ नम्वरका टिपरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिएका गाडीहरु कारवाहीका लागि तिनाउ गाउँपालिकालाई जिम्मा दिइएको छ । अवैध रुपमा ढुंगा निकासी गर्दै आएका गाडीहरुलाई नियन्त्रणमा लिएर कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । उनका अनुसार ती गाडीहरुबाट जरिवान लिइने छ । गाउँपालिकाको अनुगमन टोलीले झुम्सा खानेपानी आयोजना अन्तर्गतका निर्माण व्यवसायीबाट अर्को एउटा एक्स्काभेटरको चाबीसमेत नियन्त्रणमा लिएको अध्यक्ष श्रेष्ठले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले वर्षाको समयमा विपद्का घटना बढाउने कार्य रोक्न भन्दै भदौसम्म नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, तथा माटो निकासीमा रोक लगाएको छ । तर पनि त्यो क्रम रोकिएको छैन । संघीय सरकारले पुस २२ गतेदेखि मापदण्डविपरीत र अवैध क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू बन्द गराएको थियो । पुनः सरकारले मापदण्ड नपुगेकालाई २०८३ असार मसान्तसम्म मापदण्ड पु¥याउने अवसर दिने निर्णय गरेकाले पनि अहिले जिल्लामा अवैध नदी तथा खोला उत्खनन् भइरहेका छन् । विशेष गरी जिल्लाको रामपुर, निस्दी, तिनाउ लगायतका स्थानीय तहका खोलाहरुबाट अवैध रुपमा गिट्टी–बालुवा चोरी निकासी हुँदै आएको छ । तर सम्बन्धित निकायबाट यसको निगरानी हुन नसक्दा चोरी निकासी रोकिन नसकेको हो ।

नदीजन्य तथा खानीजन्य पदार्थको अवस्था अनुगमन गर्न जिल्ला समन्वयन समितिका प्रमुख संयोजक रहने गरी जिल्लामा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति पनि छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रहरी उपरिक्षक (एसपी) लगायतका सदस्य छन् । तर, यो समितिले जिल्लाका नदीजन्य तथा खानीजन्य पदार्थको दोहनको अवस्थाको प्रभावकारी अनुगमन गर्न सकेको छैन् । जसले गर्दा यहाँका नदी लगायत अन्य खोलाहरूबाट बालुवा, गिट्टी, ढुंगाजस्ता नदीजन्य पदार्थ अवैध तस्करी भइरहेको छ । अहिलेसम्म नदी तथा खोलाहरूमा अवैध नदी दोहन भइरहेको सूचना तथा जानकारी नआएको जिल्ला समन्वयन समितिका प्रमुख टंकनाथ खनालले बताए । ‘अहिले त्यस्तो कुनै गुनासो तथा जानकारी आएको छैन, तिनाउ खोलामा केही अबैध ढुंगा निकालिएको भन्ने छ, त्यस विषयमा हामीले स्थानीय सरकारलाई तत्काल अनुसन्धान गरेर कारवाही गर्न भनेका छौं,’ उनले भने, ‘यदी कोही कतै अबैध रुपमा नदी र खोलामा दोहन भएको भेटिए अनुगमन गरेर कारवाही गर्छाैं ।’ उनले जानकारी नभएको भने पनि जिल्लाका रामपुर, निस्दी, तिनाउ लगायतका क्षेत्रमा दोहन भइरहेको स्थानीयहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?