ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

लिफिटङ प्रविधिबाट गोखुंगा गाउँमा पानी

३ असार २०८०, आइतबार
३ असार २०८०, आइतबार

प्रकाश नेपाल
पाल्पा, २ असार

रैनादेवी छहरा गाउँपालिका, गोखंगाकी रमा नेपालीलाई पिउने पानीको ठुलो समस्या थियो। पिउनेपानीसंगै घरायसी काममा उपयोग हुने पानीका लागि टाढा धाउनुपथ्र्यो । उमेरका हिसाबले झण्डै तीन दशक पार गरेकी नेपाली अहिले भने घरैमै पानी उपलब्ध हुदा दंग छिन । खोलाको पानी तानेर आफनै आँगनमा पानी आउला भनेर उनले कहिल्यै पनि कल्पना गरेकी थिइनन् । दलित जनजातिको बाहल्यता रहेको यस बस्तीमा पानीको समस्या त पुराना पुराना पुस्ताले नै सदियौ देखि झेल्दै आएको हो । विगतका डोकामा पानी बोकेको उनलाई झलझलि सम्झना छ । ‘घरआगनमा पानी आउदा सपना जस्तै लाग्छ ।’—उनले भनिन । खानेपानी टाढाबाट डोकोमा बोक्नुपरेको कारणले यहाका युवालाई छोरी दिन दुःख मान्ने गरेको उनी सुनाउछिन । गाउँमा सबैको घर घरमा छताछल्ल हुने गरी पानी आएपछि पुराना पुस्ता दंग छन ।
शेष बहादुर रास्कोटी पनि उमेरका हिसाबले तीन दशक पुरा गरेका व्यक्ति हुन । २०७२ सालमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट नापजाँच गर्नको प्राविधिक गाउँमा पुग्दाको समय स्मरण गर्छन । ‘तलको खोलाको पानी माथि बस्तीमा तान्नेभन्दा मैले पत्याएको थिईन ।’— उनले भने । गाउँका सबै भेला भए । सबैले उनलाई उपभोक्ता समितिका अध्यक्ष बनाए । बिसं २०७३ साल देखि टकीं निमार्ण सुरु भयो । सबैका घर घरमा पानी आउला भन्ने अझै पनि धेरैलाई लागेन । झण्डै तिन किलोमिटर तल पानीको मुहानबाट पानी तान्न विद्युतियकरणको काम समेत पुरा भयो । यति भएपछि भने गाउका धेरैलाइ पानी आउनेमा आशा पलायो । उपभोक्ता समितीको अध्यक्ष भएर काम गरेको झण्डै पाच वर्षपछि गोखुंगा गाउमा खानेपानी आउने भयो भन्ने बेला र कामको राम्रोसंग गति लिएका बखतमा कोभिड महामारी भित्रियो । उपभोक्ता समितिका पदाधिकारी कोभिडको सिकार भए । धेरै कठिनाईहरु भोग्दै योजना सफल भएको छ । स्थानिय सरकारबाट विनियोजित रकमबाट सुरुवात भएको योजना लुम्बिनी प्रदेश सरकारबाट थप सहयोगमा सम्पन्न भयो । लुम्बिनी प्रदेश सरकारको ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको प्राविधिक रेखदेखमा योजना सम्पन्न भएको हो । कुनै बेला गाउमा खानेपानीका सुविधाबाट नहुदा बसाईसराइ गरेर गाउ छोड्ने समेत भयो । कृषि कर्मका लागि समेत आकासे पानी कुर्नुपर्ने बाध्यता थियो । गाउमा नजिकै विद्यालय भएपनि समयमा विद्यार्थीहरु उपस्थित नहुने समस्या थियो । पानी कै कारण समस्यै समस्या झल्नुपरेको स्थानिय खेम कुमारी नेपाली बताउछिन । बाजु बाजेको कल्पनाभन्दा बाहिरको विषय लिफिटङ खानेपानी भएको उनी बताउछिन । खानेपानीको योजना पुरा भएसंगै घरमा सौचालय निर्माणको क्रम चल्यो । विद्यालय जाने बालबालिका समयमा विद्यालय पुग्ने भए । फोहरपानीको कारण वर्षायाममा लाग्ने सरुवारोगसमेत अन्त्य भएको उनि बताउछिन । धाराबाट खेरा गएको पानीलाई व्यवस्थापन गरी करेसाबारी सिचाई गरिएको छ । घरको करेसाबारीमा फलेका तरकारी बिक्री गरेर आम्दानी गर्न लागेको स्थानिय गंगा नेपाली बताउछिन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक अजय कर्ण स्थानियको ठुलो मेहनत र साथबाट योजना सम्पन्न भएको बताउछन । खानेपानीका कारण गाउमा सामाजिक परिवर्तन आएको उनी बताउछन । वातावरण तथा व्यक्तिगत जस्ता क्षेत्रमा गाउले धेरै नै फड्को मरेको प्राविधिक कर्णको दाबी छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख अनुज उपाध्याय भन्दछन ‘दलित तथा जनजातीको बाहुल्यता रहेको बस्तीमा पिउने पानीको समस्या समाधान भएको छ ।’ प्रारम्भिक अवस्थामा १ सय ५४ घर परिवारका लागि ३ करोड ८ लाख ७२ हजार रुपैया जनसहभागिता सहित प्रस्तावित गरिएको योजनामा हालसम्म १ करोड ९३ लाख ९ हजार ७ रुपैया खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?