ट्रेंडिंग:

>> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न

सुचना प्रविधिमा अभ्यस्त हुदै रोल्पाका शिक्षक

२९ भाद्र २०७७, सोमबार
२९ भाद्र २०७७, सोमबार

केशवभक्त घर्ती (५८) रोल्पा सदरमुकाम लिवाङमा रहेको वालकल्याण नमुना माविमा अध्यापन गर्न लागेको ३७ वर्ष भयो । २०४० पौष सालमा अस्थायी नियुक्ती पाएका उनले २०४२ सालदेखि स्थायी शिक्षकको रुपमा कार्यरत छन । निम्नमाध्यामिक तहमा अंग्रेजी पढाउने उनलाई जागिरको उत्तराद्र्धमा सुचना प्रविधि मोहले च्याप्दै लगेको छ । उमेर ढल्कदै गएका उनको साथी वनेको छ ल्यापटप । विद्यालयमा रहदा होस वा घरमा ल्यापटप खोल्छन र सुचना प्रविधिसंग रमाउछन उनी ।

केशवभक्त घर्ती मात्र हैन वालकल्याण नमुना मावि लिवाङका सवै शिक्षकहरुलाई अचेल फाल्तु गफ गर्ने फुर्सद छैन । प्रायः कम्प्युटरमा व्यस्त देखिने उनीहरु कसैगरि फुर्सद भए सुचना प्रविधिकै कुरा गर्छन । विगतमा राजनीतिक गफ गर्ने थलो वनेको आरोप लाग्ने सो विद्यालय अचेल भने सूचना प्रविधिले प्राथमिकता पाउन थालेको छ । आफुले जानेका कुरा एकअर्का वीच आदान प्रदान गर्दा नयाँ कुरा थाहा हुदा सिक्न सिकाउन सहज भएको छ शिक्षकहरुको भनाई छ ।
विद्यालयले अघिल्लो वर्ष सुचना प्रविधिको नविनतम प्रयोग गर्ने भन्दै माध्यमिक तहमा स्मार्ट वोर्ड जडान गरेको थियो । क्रमशः सवै कक्षामा स्मार्ट वोर्ड जडान गरि सूचना प्रविधिमैत्री वनाउने लक्ष्य लिएको विद्यालयले अघिल्लो वर्ष त्यसको प्रयोगमा समस्या भोग्यो । यस वर्ष भने लकडाउनका कारण लामो समय सम्म भएको विद्यालय वन्दको सदुपयोग गर्दै स्मार्ट वोर्ड प्रयोग गर्ने सीप र कम्प्युटर सीप सिकायौं विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले भने । विद्यालयले एक शिक्षक एक ल्यापटपको कार्यक्रम अघि सारेको प्राचार्य पोख्रेलले जानकारी दिए । अहिले २५ जना शिक्षकलाई ल्यापटप उपलव्ध गराएका छौ प्राचार्य पोख्रेलले भने । सुरुसुरुमा धेरै शिक्षकको हातमा ल्यापटप भएपनि सूचना प्रविधिको ज्ञान निकै कम हुदा उपयोगमा समस्या थियो पोख्रेलले भने । लकडाउन अवधिमा स्मार्ट वोर्ड प्रयोग, यूट्युववाट आवश्यक शैक्षिक र सहयोगी सामाग्रीको खोजी तथा ल्यापटप प्रयोग लगायतका सुचना प्रविधिको आधारभुत ज्ञाप र सीपमा शिक्षकहरुको क्षमता विकास भएको छ प्राचार्य पोख्रेलले भने ।

लकडाउनको पहिलो २ महिना वन्द रहेपनि जेठ देखी भने विद्यालय नियमित खुलिरहेको छ । दैनिक विहान ८ वजेदेखी वेलुका ६ वजेसम्म ४ सिप्टमा शिक्षकको ड्यूटी व्यवस्थापन गरिएको छ । पूर्णकालिन र अल्पकालिन समेत ६३ जना शिक्षक कर्मचारी रहेको सो विद्यालयमा वढी भिडभाड नहुने गरि ड्यूटी व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ । विद्यालयको नियमित काम गरेर वचेको समयलाई सुचना प्रविधिमा उपयोग भईरहेको विद्यालय व्यवस्थापन समितिका सदस्य जीतवहादुर डाँगीको भनाई छ । सुचना प्रविधिसंग अभ्यस्त हुन पुरानो पुस्तालाई अलि कठिन भएपनि विद्यालयमा टिक्न सुचना प्रविधिको ज्ञानको विकल्प छैन डाँगीले भने । लकडाउनको अवधिमा विद्यालयले आयोजना गरेको छोटो अवधिको तालिम,शिक्षकहरुको आफ्नै मेहनत र छलफलवाट विगतको तुलनामा शिक्षकहरु सुचना प्रविधिमा अभ्यस्त हुदै गएको पाइएको छ डाँगीले भने ।

जीवनको ३७ वर्ष शिक्षण पेशामा विताए पनि पछिल्लो प्रविधिले आफुमा थप जोश र उत्साह थपेको शिक्षक केशवभक्त घर्तीको भनाई छ । उमेर ५८ वर्ष पार भइसकेको छ अव विद्यालयमा सेवा गर्ने अवधि पनि थोरै भएपनि सुचना प्रविधिले मलाई नवयुवा झै वनाएको छ घर्तीले भने । जीवनको धेरै समय कालोपाटी, चक र डस्टरमा विताएका घर्ती सेवाको उद्धाराद्र्धमा सुचना प्रविधि उपयोग गर्न पाएकोमा मख्ख छन । विद्यालयले स्मार्टवोर्डवाट पठनपाठन गर्न भन्दै कक्षा कक्षामा स्मार्ट वोर्ड जडान र शिक्षकका हातहातमा ल्यापटप दिएपछि सुचना प्रविधिको ज्ञान सीप सिक्नै पर्ने भयो घर्तीले भने । विद्यालय होस वा घर वचेको समय सुचना प्रविधिको नवितम कुरा सिक्न समय खर्चने गरेको छु घर्तीले भने । म आफै शिक्षक भए पनि मेरो शिक्षक यूट्युव र साथीभाई भएका छन घर्तीले भने । कोरोना पछि भएको लामो समयको लकडाउनले धेरैले धेरै कुरा गुमाएपनि मैले भने सुचना प्रविधिको ज्ञान सीप प्राप्त गरे शिक्षक घर्तीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?