ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

‘अर्गानिक जोन’ को सपना

२६ भाद्र २०७७, शुक्रबार
२६ भाद्र २०७७, शुक्रबार

रुपन्देहीमा सफल फलफुल व्यवशायीको रुपमा पहिचान बनाएका नुरुद्दीन शाहले ‘अर्गानिक जोन’ को रुपमा खेती गर्ने योजना अगाडी बढाएका छन । खासगरी तरकारी र फलफुल अर्गानिक रुपमा उत्पादन गरी स्वदेशमा मात्र नभई विदेशमा समेत निर्यात गर्ने उनको भनाइ छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर–२ कलुवामा करिव १० विघा क्षेत्रफलमा शाहले अहिले आँप, मेवा, लिची, एभोकाडो, लगायतका करिव ३ हजार भन्दा बढि फलफलका विरुवा रोपेका छन् । आज भन्दा करिव ८ बर्ष देखि निरन्तर फलफुल, तरकारी खेती गर्दै आएका उनले यो पटक भने लोकल कुखुरा, हाँस, टर्कीका साथै पशुपालनमा बाख्रा, भैसी र गाई समेतपालन गरेका छन ।

शाह ब्रर्दश मल्टी प्रपोज एग्रो फर्म नाम दिए सुरुवात गरेका शाहले निकट भविश्यमा १० विघाहा जमिनमा एउटा स्तरिय कृषि पर्या पर्यटनको गन्र्तव्य समेत बनाउने गरी योजना अगाडी बढाएका छन् । करिव ४ विघा भन्दा बढि क्षेत्रफलमा माछा पोखरी निर्माण गरी माछा पालन, स्वीमीङ्ग पुल सहितको अर्गानिक रेष्टुरेन्ट पनि सञ्चालनको योजना आफुले बनाएको उनको भनाई छ ।
पछिल्लो समयमा कृषि क्षेत्रमा आउने व्यवसायीहरुको चाँप बढि भएको भएपनि तर यसलाई निरन्तरताको खाँचो रहेको शाहको भनाई छ । बुटवलमा व्यवसायीक रुपमा फलफुलको व्यवसाय गर्दै आफ्नै कोल्ड स्टोर समेत सञ्चालन गरिहेका शाहले केही बर्ष पहिला किनेको जग्गालाई पुर्णरुपमा हराभरा बनाउने योजनाको साथमा अगाडी बढेका छन । विगत सम्झीदै उनी भन्छन्–‘घोला किनाराको जग्गामा मा पहिला झाडी झाडी मात्रै थियो, त्यसलाई पुर्णरुपमा सफा गरेर हामी तरकारी, फलफुल खेतीमा जोड दिएका हौ । ’

भएको जग्गा समेत बाँजो राखेर विदेश जाने परिपाटी सधैको लागि अन्त्य गर्नुपर्ने सोँच राखेका शाहले तरकारीमा टमाटर, धनिया, खुर्सानी, गोभी लगायतका तरकारीका विभिन्न जातहरु रोपेका छन । बेमौसममा तरकारी उत्पादन गर्ने गरी टनेल खेती समेत विस्तार गर्ने योजना बनाएका उनले निकट भविश्यममा विभिन्न प्रजातीका चराहरु पालन गर्ने सोँच बनाएका छन ।

खासगरी मानिसहरुले उपभोग गर्ने भन्दा पनि अध्यायन अनुसन्धानको लागि समेत आफ्नो फर्ममा आउने वातावरण निर्माण गर्नका लागि शाहले फर्म प्रवेश द्धारको दायाँ बायाँ आर्कषक प्रकृतिका चरा प्रजातिका विभिन्न पंक्षि पालन गर्ने सोँच बनाएका छन ।
पंक्ष्ी ोत्रमा विशेष रुची राख्नेहरुको लागि एउटा चिडीया घर जस्तो गरी हाँसमा पनि विभिन्न जातका, कुखुरामा लोकल, कडकनाथ, देखि लिएर विभिन्न विदेशी जातहरु, कालिज देखि लिएर बट्टाई चरा सम्म केही संख्यामा पाल्ने योजना बनाएको शाहको भनाई छ ।

शुद्ध अर्गानिक रिर्सोटको रुपमा विकास गर्ने गरी संरचना निर्माण गर्ने योजना बनाईरहेका शाहले मदिरा रहित अर्गानिक जोनको रुपमा आफ्नो स्थानलाई प्रयोग गर्ने जानकारी दिए । खासगरी मानिसहरुले प्रकृतिक मानोरम, चराहरुको चिरविर, नजिकै रहेको खेलाकै नजिकै स्वीमिङ्ग पुलमा मज्जा लिदै, आफ्नै हातले माछा फिसिङ्ग गरी, आफै पकाएर, करिव १ दिनको मनोरञ्जन लिन सकिने क्षेत्रको रुपमा निर्माणगर्न खोजिएको बताउँछन ।
आफ्नै बारीमा उत्पादन भएको तरकारी, कुखुरा, माछा लगायतका परिकारहरु उपभोक्ताहरुको रुची अनुसार उहाँहरु आफैले नै पकाएर उपभोग गर्न सकिने खालको ओपनवेश अर्गानिक रिर्साेटको परिकल्पना गरिएको शाहको भनाई छ ।

यस्तो प्रकृतिको अर्गानिक जोन नेपालमा कमै मात्रामा भएको भन्दै उनले विहानको नास्ता देखि खाना, नास्ता लगायतका सबै परिकारहरु दिनभरी नै रिर्सोटमा बस्ने र त्यहि नै मनोरञ्जन लिने खालको प्रर्वद्धनका काम आफुले गर्ने समेत सोँच बनाएको शाह बताउँछन । एकान्त प्रकृतिको वातावरण भएको कारण शहरको कोलाहल बतावारण बाट केही समय भएपनि सितलना, आरमा प्राप्ती हुने भएको कारण यसलाई अझ मनोरञ्जनात्मक बनाउनको लागि मचानको समेत निर्माण गर्ने योजना बनाइएको शाहको भनाई छ ।

शाहले विदेशका विभिन्न जातका आँप समेत लगाएका छन । विश्वमा सबैभन्दा बढि महंगो पर्ने अल्फान्सो जातको आपको समेत परिक्षणको लागि लगालएका छन । यस्तै मेवामा विभिन्न जातका मेवाहरु छन् भने सुगर, प्रेसरका विरामीहरुको लागि उत्तम, बहुउपयोगी एभोकाडो फलका विरुवाहरुसमेत उनको बारीमा हुर्कीरहेका छन । कागती का पनि विभिन्न प्रजातीहरुलाई उनले रोपेका छन, तराईमा पाईने लायम प्रजाति देखि लिएर सुन कागती सम्मका बोटहरु अहिले शाह बर्दश मल्टी प्रपोज एग्रोफर्ममा हुर्कीरहेका छन ।
पछिल्लो समयमा भएको विषम परिस्थीतिको कारण अझै बढि व्यापक रुपमा काम गर्न नसकेको भएपनि निकट भविष्यमा च्याउका विभिन्न प्रजातिको व्यवसायीक खेती गर्ने समेतयोजना बनाइएको शाहको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?