ट्रेंडिंग:

>> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो

औषधिय गुणयुक्त तीन लाख विरुवा उत्पादन

७ श्रावण २०७५, सोमबार
७ श्रावण २०७५, सोमबार

तीन सय ७८ प्रजातीका वनस्पति संरक्षण गरेर राखेको जिल्ला वनस्पती कार्यालय सल्यानले आर्थीक वर्ष २०७४÷०७५ मा झण्डै तीन लाख नयाँ विरुवा उत्पादन गरेको छ । मुलपानी स्थीत वनस्पति उद्यानमा गरिएको सार्वजनीक सुनुवाइ कार्यक्रममा कार्यालय प्रमुख डम्बर बहादुर कार्कीले दुई लाख ९६ हजार तीन सय ६० विरुवा उत्पादन गरिएको बताए । आर्थीक महत्व बोकेका र औषधिय गुण भएका वनस्पतीका विरुवाहरु उत्पादन गरिएको उनले बताए । जसमा टिमुरका विरुवा पाँच हजार, सुगन्धकोकिला चार हजार पाँच सय, रिठा १३ हजार, काउलो ५३ हजार ६ सय २०, लप्सी चार हजार एक सय, अमला एक हजार पाँच सय, कुरिलो तीन हजार छ सय छन् ।
यस्तै तेजपात लगाएत १४ प्रजातीका विरुवाहरु उत्पादन भएको कार्यालय प्रमुख कार्कीले बताए । उनले भने, ‘सरकारले दुई लाख विरुवा उत्पादन गर्ने लक्ष्य दिएको थियो । हामीले लक्ष्य भन्दा ९६ हजार बढि विरुवाहरु उत्पादन गर्न सफल भयौँ ।’ यती धेरै विरुवा उत्पादन भएपनि अझै विरुवाको अभाव रहेको उनले बताए । कार्की भन्छन्, ‘किसानहरु विस्तारै जडिबुटी खेतीलाइ व्पापक बनाउनेतर्फ अग्रसर हुनुहुन्छ । त्यसैले विरुवाको माग सल्यान लगाएत छिमेकी जिल्लाहरुबाट समेत हुने गरेको छ ।’
सार्वजनीक सुनुवाइ कार्यक्रममा उनले आर्थीक वर्ष २०७४÷०७५ मा कार्यालयको आर्थीक प्रगती ९८.७६ प्रतिशत र भौतीक प्रगती शत प्रतिशत रहेको पनि जानकारि गराए । वनस्पती विभागबाट कार्यालयमा विनियोजन भएको एक करोड ६० लाख ८० हजार रुपैयाँको बजेटमा एक करोड ५३ लाख ३२ हजार नौ सय तीन रुपैयाँ खर्च भएको कार्यालय प्रमुख कार्कीले बताए । कार्यालयले वनस्पती अध्ययन, अनुसन्धान तथा बजारिकरण, वनस्पती संरक्षण तथा उद्यान विकास र जडिबुटी विकास जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
अहिले वृहत जडिबुटि कार्यक्रम अन्तर्गत त्रिवेणी गाउापालिकामा पाँचवटा जडिबुटि कृषक समूह, छत्रेश्वरिमा पनि पाँच वडा समूह तथा रुकुम मुसिकोटमा समेत पाँच वडा जडिबुटि कृषक समूह निर्माण गरेर खेती विस्तार भइरहेको कार्यालयका सूचना अधिकारि कृष्ण पुनले जानकारि दिए । असिस्टेन्ट बोटानिष्ट गोपाल शर्माले सहजिकरण गरेको सार्वजनीक सुनुवाइ कार्यक्रममा सहायक वन अधिकृत कमल घिमिरे, पत्रकार महासंघ सल्यानका सचिव शंकर केसी लगाएतकाले बोल्दै जडिबुटीको महत्व बुझेर यसको खेती गरेमा किसानले राम्रो आम्दानी गर्न सक्ने बताएका थिए । सल्यानमा विक्रम संवत् २०५६ सालमा स्थापना भएको वनस्पती कार्यालयको एक सय १३ रोपनी क्षेत्रफल जमिन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%