© २०२३
बुटवल,४ जेठ । तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पतालले १२ औं वार्षिकोत्सवका अवसरमा जेठ ५ सम्म ओपीडी सेवा निशुल्क र ल्याब परक्षिणमा ५० प्रतिशत छुटको घोषणा गरेको छ । वार्षिकोत्सवका अवसरमा अस्पतालले जेठ ३ देखि ५ गतेसम्म तीन दिनका लागि यस्तो अफर ल्याएको हो । अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले सामाजिक उत्तरदायित्वका लागि तीन दिनसम्म छुटको अफर ल्याएको बताए । वार्षिकोत्सवका अवसरमा अस्पतालका सञ्चालकहरुले निकट भविष्यमै अस्पतालमा थप सय बेड थपेर कुल २ सय शैयाको अस्पताल बनाउने घोषणा गरेका छन् ।