ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
पश्चिम नेपाल बस व्यवसायी प्रालिः

कर्मचारी अलपत्र, मालिकलाई मालामाल !

पश्चिम क्षेत्रकै ठुलो यातायात ब्यवसायीहरुको संस्था पश्चिम नेपाल यातायात ब्यवसायी प्राली बाहिर सुन्दा जति सुन्दर लाग्छ त्यस अनुसारको आन्तरिक ब्यवस्थापन भने चुस्तदुरुस्त छैन । बर्षौसम्म काम गरेका सयौं कर्मचारीहरु प्रालिका कारण अलपत्र अवस्थामा छन् । विभिन्न मजदुर संगठन, श्रम कार्यालयहरुमा मुद्दा परेपनि त्यसको सुनुवाई हुन सकेको छैन् ।
३१ बैशाख २०८०, आईतवार
३१ बैशाख २०८०, आईतवार

बुटवल, बैशाख- कुनै एउटा संस्थामा ३० वर्ष बढी उर्जावान समय जागिर गरेपछि पक्कै पनि भविष्यको सुनिश्चितता खोज्छ । आफनो र परिवारको उज्वल भविष्यको सोच राखेको हुन्छ । पश्चिम नेपाल बस ब्यवसायी प्रालिमा ३० वर्ष बढी समय योगदान दिएका सयौ कर्मचारी भने अलपत्र परेका छन ।

२०४९ सालदेखि संघमा आवद्ध भई काउन्टरमा काम गर्दै आएका एक जना कर्मचारी प्रालि केवल मालिकहरुको संस्थामा परिणत भएको गुनासो गर्छन । आफनो पिडा सुनाउदै उनले संघबाट प्रालि लगिदा सामुहिक राजीनामा मागेर कर्मचारीहरुलाई अलपत्र पारेको उनको आरोप लगाए । ‘एक हातमा राजीनामा अर्को हातमा नियुक्ति भनेर हामीलाई ठग्ने काम भयो ।’–उनले बताए । हामीलाई दुई फाराम दिएर एउटा राजीनामा र अर्को नियुक्ति पत्र भर्न दिएर कार्यान्वयन भएन । ३ वर्षदेखि तलब राख्न छोडेको उनले बताए । नेपाल एक्सप्रेस र मातृभुमि फाईनान्समार्फत चेक दिने गरेकोमा अहिले त्यो सबै बन्द भएको छ । अन्त जागिरको बिकल्प नहुदा अहिले समस्यामा परेको उनले दुखेसो गरे । राजनीतिक मिलोमतोमै नेतृत्व चल्दा यो अवस्था आएको उनको दाबी छ । विभिन्न मजदुर संगठन, श्रम कार्यालयहरुमा मुद्दा परेपनि त्यसको सुनुवाई नभएको उनले बताए ।

संस्थामा २०५५ सालदेखि सेवा गरेका एक जना कर्मचारी उद्देश्यभन्दा बाहिर गएर काम हुदै आएको बताउँछन । कर्मचारी ब्यवसायीको हकहितभन्दा पनि संचालकहरुको स्वार्थमा काम हुने गरेको उनले आरोप लगाए । ‘प्रालिमा कर्मचारीको दमन शोषण हुन्छ ।’–उनले भने । एक वर्षअघि जागिर छोडेका उनि शाखा इन्र्चाज हुदै निरिक्षक पदमा कार्यरत थिए । ब्यवसायीहरुबाट उठाईने रकम मिलाएर खाने काम हुदै आएको उनले दुखेसो गरे । कर्मचारी ब्यवस्थापन गर्ने नाममा सामुहिक राजीनामा मागेर नियुक्ति नदिईएको उनले बताए । सात वर्षदेखि राम्रो काम गरेका उनि आफु गलत कामको बिरोध गर्दा सरुवा गराईएको दुखेसो गरे । संघमा नया गाडी भित्राउदा ब्यवसायीहरुले ५ लाख रुपैया सदस्यतावापत तिर्ने गर्दथे । ब्यवसायीहरुलाई आत्महत्या गर्नेसम्मको अवस्थामा पुर्याउने काम भएको उनले बताए । विश्वको ईतिहासमा नै तलब बिनाको कर्मचारी राख्ने ईतिहास रच्ने काम पश्चिम नेपालले गरेको उनी बताउछ ।

प्रालिमा शाखा निरिक्षक पदमा कार्यरत बुटवलका एक कर्मचारी राम्रो सेवा गर्दा बढुवा हुनुपर्नेमा उल्टो काम हुने गरेको बताउछन । विधानको समस्या देखाएर घटुवा गर्नेसम्मको काम भएको दुखेसो उनको छ । शाखा निरिक्षकबाट शाखा प्रमुखमा घटुवा भएको उनले बताए । ‘संस्था बचाउन योगदान गरेवापत उल्टो मारमा परियो ।’–उनले भने । २७ वर्ष लामो योगदान गरेका उनको भविष्य अन्यौल छ । ‘अब उमेरले अन्त जागिर कहा खोज्ने हो ?’–उनले प्रतिप्रश्न गर्छन । रुटमा हिड्ने बस ब्यवसायीहरुबाट उठ्ने ५ प्रतिशत नै कर्मचारीहरुको आयश्रोत भएको छ ।

संघ हुदा अस्थाई, बुकिङ सहयोग, करार र स्थाई समेत गरि ६ सय बढी कर्मचारी कार्यरत थिए । अहिले प्रालिको मुख्य कार्यालयमा ३० जना, विभिन्न काउन्टरहरुमा १० जना गरि ४० जना पहुचका भरमा नियुक्ति पत्र लिएका कमर्चारीहरु छन । यसबाहेक कुनै कर्मचारीले नियुक्ति पाएका छैनन । जसमा अधिकास संस्थाको स्थापना कालदेखि कार्यरत कर्मचारी छन । पश्चिम क्षेत्रकै ठुलो यातायात ब्यवसायीहरुको संस्था पश्चिम नेपाल यातायात ब्यवसायी प्राली बाहिर सुन्दा जति सुन्दर लाग्छ त्यस अनुसारको आन्तरिक ब्यवस्थापन भने चुष्टदुरुष्ट छैन । ब्यवसायीहरु हकहितमा काम गर्ने भनिएपनि मर्यादित पेशा बनाउन नसकिएको ब्यवसायीहरुको गुनासो गर्छन ।

यता प्रालिका संचालक मोहन पिएसले संघ खारेज भएपछि प्रालिमा दर्ता गर्दा त्यसै अनुसार चल्नुपर्ने बाध्यात्मक अवस्था आएको बताउँछन । राजीनामा दिएकालाई उपदानका रुप सात करोड रुपैया उपदान दिईएको भन्दै तत्कालिन अवस्थामा ४०–५० जनालाई नियुक्ति दिईएको उनले बताए । कोभिड संक्रमणसंगै देशमा आर्थिक समस्यासंगै कमर्चारी कटौती बाध्यता भएको भन्दै उनले न्युनतम तलब दिन नसक्ने भएपनि कर्मचारीहरुकै सहमतिमा ५ प्रतिशत कमिसन बापत आउने रकमबाट कर्मचारीहरुलाई तलब खुवाउने काम भएको बताए । कर्मचारीले न्युनतम ३० हजार तलब पाएको उनले बताए । अब बाँकिलाई नियुक्ति दिने प्रक्रियामा छौ । उनले भने ।

संघमा सदस्यता लिन प्रति बसको ३ लाख हुदै ५ लाखसम्म लिने गरिन्थ्यो । सवारी साधन दर्तामा तिरेको रकमलाई शेयर सदस्यका रुपमा १० हजार रुपैयामा परिणत गरिएको छ । एउटा सवारी साधन दर्ता शुल्क भने १ लाख ५० हजार रुपैया बनाईएको छ ।

रुपन्देहीमा सबैभन्दा ठुलो बस ब्यवसायी पश्चिम नेपालमा २ हजार ३ सय सवारीहरु छन । जहा १ हजार ५ सय चालकहरु छन । बुटवल यातायात प्रालिमा २ सय, सिद्धार्थ यातायात प्रालिमा २ सय चालक छन । आठ वटा बस ब्यवसायिक संस्थामा ४ हजार बढि चालकहरु छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?