ट्रेंडिंग:

>> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु

ब्यापार घाटा कम गर्न सांसद घिमिरेको सुझाव : चट्टान फोडेर ढुंंगा गिट्टी विदेश बेचौंं,गांजा र स्थानीय मदिरालाई बैध बनाऔं

२६ बैशाख २०८०, मंगलवार
२६ बैशाख २०८०, मंगलवार

काठमाडौं ,२६ वैशाख । प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले मुलुकको व्यापार घाटा कम गर्न नेपालका प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गर्नुपर्ने बताएका छन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधि सभा वैठकमा भएको छलफलमा भाग लिंदै सांसद घिमिरेले विश्वका विकसित मुलुकले प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गरेरै आर्थिक समृद्धि हासिल गरेको उल्लेख गरे ।
नेपालमा ढुंगा, गिट्टी र वन पैदावर जस्ता प्राकृतिक स्रोत साधनको व्यापक प्रयोग गर्न सक्ने संभावना रहेको उल्लेख गर्दै घिमिरेले वातावरणमा सकेसम्म कम असर पर्ने गरी चट्टानी श्रृंखला उत्खनन् गरेर ढुंगा निर्यात गरी ब्यापार घाटा कम गर्न सकिने बताए ।
उनले नेपालका वनहरुमा काठ कुहिएर गएका तर विदेशबाट वर्षेनी अर्बौंको फर्निचर आयात भइरहेको भन्दै आगामी नीति तथा कार्यक्रम र वजेटमा यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
रुपन्देही ५ का सांसद घिमिरेले विदेशी मदिरा आयातमा रोक लगाई स्थानीय मदिराको ब्राण्डिङ गरी विश्व बजारमा पु¥याउन सकिने उल्लेख गरे । उनले विश्वका कतिपय देशमा गांजा खेतीलाई वैधानिकता दिएको भन्दै नेपालमा पनि यसबारे वहस हुनुपर्ने औंल्याए ।
सांसद घिमिरेले मुलुकलाई आर्थिक संकटबाट जोगाउन आयातमुखी नीति र भन्सार दररेट बदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्ने गरी नीति तथा कार्यक्रम र वजेट ल्याउन सुझाव दिए । मुलुकमा आर्थिक संकट आई आम जनता आर्थिक मन्दीको शिकार भइरहंदा केही मुठ्ठीभर ब्यापारिक घरानाको सम्पत्ति अस्वभाविक रुपमा बढ्दै जानुको कारण नीतिगत विचलनका माध्यमबाट दलाल नोकरशाही पुंजिवादको वर्चश्व कायम हुंदै गएको सांसद घिमिरेले उल्लेख गरे ।
सांसद घिमिरेले आगामी नीति तथा कार्यक्रम र वजेट उत्पादनशील क्षेत्रलाई बलियो बनाउने गरी वैज्ञानिक, वस्तुनिष्ठ र यथार्थपरक ढंगले ल्याउनुपर्ने बताए ।
सांसद घिमिरेले राष्ट्रिय आत्मनिर्भर कार्यक्रम र लुम्बिनी विशेष समृद्धि कार्यक्रम सञ्चालन गर्न, बैंक ब्याज दर एक अंकमा झार्न,पुर्व विशिष्टहरुको सुविधा खारेज, अनुत्पादक चालु खर्च घटाउने,समानान्तर कार्यालयहरु खारेज,संसद वैठकको संख्या भन्दा समय बढाउन माग गरे ।

बुटवल—नारायणगढ सडक यथाशीघ सम्पन्न गराउन ध्यानाकर्षण

घिमिरेले बुटवल—नारायणगढ सडक यथाशीघ्र निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद घिमिरेले समयमैं निर्माण सम्पन्न नहुँदा धुलोले स्थानीय बासिन्दा र यात्रुहरुको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गरे ।
सडक निर्माणमा ढिलाइ हुँदा यात्रुहरू अत्यन्त कष्टकर यात्रा गर्न बाध्य भएको बताउँदै सांसद घिमिरेले सडकको हैसियत बिग्रिँदा ३ घण्टामा सकिने सडक यात्राको लागि अहिले ७ घण्टासम्म लाग्ने गरेको बताए । बिग्रिएको सडक भएकोले सवारीसाधनले पेट्रोलियम पदार्थ बढी खपत गर्दा र बिग्रिँदा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा करोडौं रकम विदेशिएको सांसद घिमिरेको भनाइ छ ।
पूर्वपश्चिम राजमार्गको सबैभन्दा व्यस्त बुटवल—नारायणगढ सडक खण्डमा दैनिक साना—ठूला ५० हजारभन्दा बढी सवारीसाधन गुड्छन् । गत साउन महिनाभित्र निर्माण सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७५ माघ २४ गते यो सडक विस्तारको ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौताको चार वर्ष बितिसक्दा ११४ किलोमिटरको यो सडकको ३० प्रतिशत काम मात्र पूरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?