© २०२३
काठमाडौं,२६ बैसाख । नेकपा एमालेको सचिवालय बैठकले सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय लिएको छ । एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार वैठकमा रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल भएन ।
गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्नेमा जोड दिइएको बताए ।
रायमाझीलाई निष्कासित गर्नसक्ने विषयमा पत्रकारको प्रश्नमा उनले अनुसन्धान निष्कर्षमा पुगिनसकेको, उनी दोषी ठहर भइनसकेको र अनुसन्धानको प्रारम्भ मात्रै भएकाले हतार नगर्ने बताए । यदि दोषी ठहर भएमा भने कारवाही गरिने गुरुङले स्पष्ट पारे ।