ट्रेंडिंग:

>> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान

महिनौंदेखि हाकिमविहीन लमही नगरपालिका

२६ बैशाख २०८०, मंगलवार
२६ बैशाख २०८०, मंगलवार

लमही ,२६ वैशाख । दाङको लमही नगरपालिकामा एक महिनादेखि रिक्त प्रमुख प्रशासकीय अधिकृतमा पून दोस्रो पटक देवेन्द्रराज श्रेष्ठ आउने भएका छन । गत डेड महिना सम्म लमही नगरपालिकामा प्रशासकिय अधिकृत नहुँदा योजना तथा वजेट कार्यन्वयनमा समस्या उत्पन्न हुदै आएको थियो । प्रशासकिय अधिकृत नभएको चौर्तफी आवज उठन थाले पछि मेयर विकल्प खोज्दै संघिय सरकारमा गएको लामो समय पछि उनलाइ प्रशासकिय अधिकृतको पत्र थमाइएको वताए ।
लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विरामी भइ विदामा वस्दा अर्को विकल्प नभए लगतै मेयर जोगराज चौधरी संघिय सरकारमा धाउन थालेको एक महिना पछि पून देवेन्द्र राज श्रेष्ठ प्रशासकिय अधिकृतको नाममा पत्र पाएको मेयर चौधरीले वताए । श्रेष्ठ केही महिना अघाडी लमहीवाट सुरुवा मिलाइ संघमा गएका थिए ।
आर्थिक वर्षको अन्त्य हुन लाग्दा प्रशासकिय अधिकृत नहुँदा लमही नगरपालिकाको दैनिक कामकाज देखि योजना फरफारकका कामहरू लथालिङ्ग भएका छन् ।
चालु आर्थिक वर्षका योजनाहरू धमाधम काम भएर योजना फरफारकको समय अन्तिम चरणमा पुग्दा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नहुँदा सबै काम रोकिएको हो ।
चालु आर्थिक वर्षमा काम सम्पन्न भएर भुक्तानी गर्नकै लागि ५० वटा फाइलहरू भुक्तानी कुरेर थन्किएको प्रशासन अधिकृत महेश ठेडीले वताए ् । प्रमुख प्रशासकृय अधिकृत अर्जुनबहादुर थापा विरामी विदा भै शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्रीलाइ अन्य अक्तियारी दिए पनि आर्थिक कारोवार भने डेड महिना देखि थप्प रहदै आएको थियो ।
योजनाका सम्पन्न गर्ने जिम्मेवारी लिएका टोल विकास संस्था र निर्माण कम्पनी मार्फत योजनाका काम सम्पन्न भए पनि भुक्तानी हुन नसक्दा उपभोक्ता र निर्माण व्यवसायीहरू आक्रोशित छन् ।
भुक्तानीको समस्या मात्रै होइन कार्यालय प्रमुखविहीन भएपछि राजश्व सङ्कलनमा समेत प्रभाव परेको छ । मुख्य राजश्वको केन्द्र नदीजन्य पदार्थलगायतबाट राजश्व सङ्कलन समेत नगरपालिका करिब करिब असफल भएको छ ।
चालु आर्थिक वर्षमा अनुमानित गरेको राजश्व सङ्कलनको दर ज्यादै न्यून ेरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा ३३ करोड ८० लाख रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिए पनि अहिले त्यसको आठ प्रतिशत तीन करोड ३४ लाख रुपियाँ मात्रै राजश्व सङ्कलन प्रशासकिय अधिकृत ठेडी मगरले वताए ।

नगरपालिकामा सेवा प्रवाह बढाउन लागि कार्यअवधि बढाएर बिहान ७ बजेबाट सेवा दिन थाले पनि कार्यालय प्रमुख नहुँदा सेवा प्रभाह प्रभावकारी हुन नसकेको निमित्त प्रमुख क्षेत्रीले वताए ।
आर्थिक वर्ष सकिन २ महिना बाकि रहदा नगर प्रमुखले ध्यान नदिदा यस वर्षको योजना कति सकिने हो भन्ने विषय अहिले चर्चा चलिरहेको छ । यस नगरपालिकामा १ जना वडाअध्यक्ष वाहे सबै पालिका काङ्ग्रेसले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?