© २०२३
लमही, २७ बैशाख । लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसी नियुक्त भएका छन । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा केसीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्राबधान रहेको छ ।
उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुन । लामो समय देखि सामानिक विकासको क्षेत्रमा क्रियाशील डा केसी ग्रामिण तथा स्थानीय विकासमा विद्यावारिधि हुन । गरिवि विवारण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्थानमा विकास संग जोडिएर दशक वढी काम गर्दै आएका थिए । केसी तुलसीपुर उपमहानगरपालिका वडानम्वर ६ का स्थायी बासिन्दा हुन ।