ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही
तिलोत्तमामा खुल्दै नेपालमै नौलो तीनतारे होटेल मोनामो प्यालेस :

पानीमाथि २५० जना क्षमताको रेष्टुरेन्ट, निकट भविष्यमै २ हजार क्षमताको बैंक्वेट हल र क्यासिनो

२५ बैशाख २०८०, सोमबार
२५ बैशाख २०८०, सोमबार

बुटवल,२५ बैसाख ।   हस्पिटालिटी क्षेत्रमा नेपालमै नौलोपन दिने गरी तिलोत्तमामा ५० करोड लगानीमा तीनतारे होटेल मोनामो प्यालेस सञ्चालनमा आउन लागेको छ ।

भलबारीबाट पश्चिम–दक्षिण पुरानो सडकमा १५ कठ्ठा क्षेत्रफलमा मोनामो प्यालेस निर्माणको अन्तिम चरणमा रहेको छ । यो होटेलको मुख्य आकर्षण र विशेषता पानी पोखरीमाथि २५० जना क्षमताको रेष्टुरेन्ट र भिल्लाहरु हुन् ।

होटेलको अर्को विशेषता गर्मी याममा पूर्ण शितलताको अनुभूति दिलाउन होटेल परिसरको ६० प्रतिशत भागमा पानी पोखरी र आकर्षक एक दर्जन वाटर फाउन्टेनहरु हुने छन् । वाटर फाउन्टेनहरु म्युजिकल हुने छन् ।

हालसम्म नेपालका तारे होटेलमा ठूलो क्षेत्रफलमा पानी पोखरी, वाटर फाउन्टेनहरु र त्यसमाथि ठूलो क्षमताको रेष्टुरेन्ट र भिल्लाहरु बनेका छैनन् । होटेललाई हरियालीयुक्त बनाउन ग्रिनरीमा समेत फोकस गरिएको छ ।

होटेलमा एक्जुकेटिभ स्वीट रुम, सुपर डिलक्स र डिलक्स गरी ४० वटा रुमहरु तथा ६० जना क्षमताका ३ वटा प्राइभेट डाइनिङ रुम, कन्फेरेन्स हल,ओपन र कभर्ड रेष्टुरेन्ट लगायतका संरचना रहने होटेलका जनरल म्यानेजर सागर घिमिरेले बताए ।

होटेलले बुटवल र भैरहवाका होटेलले हालसम्म दिन नसकेका खानाका परिकार पनि पर्यटकलाई पस्कने तयारी गरेको छ । नेपाली,इण्डियन,कन्टिनेन्टल,अरबी,टर्किस सहित कम्तीमा १० देशका खानाका परिकार, आफ्नै ब्राण्डको बेकरी र क्याफे पनि सञ्चालन हुने जनरल म्यानेजर घिमिरेले जानकारी दिए ।

एक महिनाभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणको निर्माणको काम तीब्र पारिएको होटेलका सञ्चालक विष्णु भुसालले बताए ।
आन्तरिक र खासगरी भारतको गोरखपुर र लखनउका पर्यटकलाई लक्षित गरेर नेपालमै नौलोपनको तारे होटेलमा लगानी गरेको भुसालले बताए ।
दोस्रो चरणमा थप एक अर्ब लगानीमा थप ६० वटा कोठा, क्यासिनो,२ हजार जना क्षमताको बैंक्वेट हल, स्वीमिङ पुल र विद्युतीय गाडीको लागि चार्जिङ स्टेशन बनाउने तयारी रहेको सञ्चालक भुसालले बताए ।

उक्त बैंक्वेट हल स्थानीयलाई मात्र नभई भारतीयको विवाह उत्सवको पार्टीका लागि यो ठाउंमा आकर्षिग गर्दै वेडिङ डेस्टिनेसन बनाउने लक्ष्य रहेको भुसालले बताए ।

‘नेपालमा संभावना भएको क्षेत्र पर्यटन हो, विश्वकै धेरै जनसंख्या भएको छिमेकी मुलुक भारतका नागरिक र पर्यटकलाई चाहे जस्तो सेवा सुविधा र सम्मान दिन सकियो भने उनीहरुलाई आकर्षित गर्न सकिन्छ भन्ने विश्वासले हस्पिटालिटी क्षेत्रमा नौलोपन दिंदै लगानी गरेका हौं’–भुसालले भने–‘सरकारी निकायले सीमा नाकामा भारतीय पर्यटकलाई सम्मानजनक व्यवहार र विना झन्झट आवत जावतको व्यवस्थाका लागि नीतिगत सुधार गर्ने हो भने धेरै भारतीय यहां आएर खर्च गर्ने संभावना छ ।’
सरकारको नीति पर्यटनमैत्री हुने हो भने रुपन्देहीलाई क्यासिनो हब बनाउन सकिने र त्यसबाट नेपालले राम्रो आम्दानी गर्न सक्ने संभावना भुसालले औंल्याए ।

पहिलो चरणमा डेढ सय जनाले रोजगारी पाउने र दोस्रो चरणका पुर्वाधार बनेपछि एक हजार जनाले रोजगारी पाउने सञ्चालक भुसालले बताए । बुद्ध जन्मस्थल लुम्बिनी,गौतमबुद्ध विमानस्थल र बुटवलबाट नजिक साथै पांचतारे होटेल टाइगर प्यालेसबाट  २ किलोमिटर उत्तरमा होटेल बनेकाले आवागमनका लागि सहज र  शान्त वातावरणमा रहेकाले पनि आन्तरिक र वाह्य पर्यटकको रोजाई मोनामो प्यालेस बन्ने विश्वास लिएको सञ्चालक भुसालले बताए ।

तस्वीरहरु होटेलको आर्किटेक्ट डिजाइन हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 100%

admission