© २०२३
काठमाडौं,२४ बैसाख । नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैमाथि र अन्य जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरेको छ ।
संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए ।
उनले बाइड बडी, बाँसबारी, मातातीर्थ, यती, ओम्नी र लडाकू शिविर काण्डको छानबिन गर्न माग गरे ।
एमाले सचेतक महेश बर्तौलाले पनि नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैमाथि छानबिन गर्नुपर्ने बताए ।
तर प्रधानमन्त्री आफैंले म छोड्दिनँ, हिँड्दा संशय पैदा भएको भन्दै उनले कतै उहाँ पूर्वाग्रह राखेर सत्तापक्षसँग जोडिएकालाई उन्मुक्ति दिने र अन्य मान्छेहरुसँग पूर्वाग्रह साँध्ने दूषित मनसाय त छैन भन्ने देखिन थालेको आशंका गरे ।
एमालेका अर्का सांसद सूर्य थापाले दोषीलाई नछाड्न र निर्दोषलाई फसाउने काम नगर्न खबरदारी गरे ।
प्रधानमन्त्रीले मलाई दबाव छ भनेको भन्दै उनले कसले दबाव दिएको हो संसदलाई जानकारी दिन माग गरे । उनले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फिल्म हेर्ने व्यवस्था अविलम्ब मिलाउन प्रधानमन्त्रीसंग माग गरे ।