© २०२३
बुटवल,२४ बैसाख । कपिलवस्तुका संघीय सांसद सुरेन्द्र आचार्य नेपाल सरकारको मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको सिफारिसमा आचार्यलाई आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरेका हुन् । आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ । आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।
हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइने छ । वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आएका थिए ।
आचार्य यसअघि सिंचाइ राज्यमन्त्री समेत बनेका थिए ।