© २०२३
काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच एक्ला एक्लै वार्ता भएको हो।
तत्कालीन सात दलीय गठबन्धन सरकारबाट एमाले फागुन १५ गते बाहिरएपछि उनीहरुबीच पहिलो पटक वार्ता भएको हो । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने र प्रतिपक्षमा लैजाने प्रतिस्पर्धा यी दुई नेताबीच चलिरहेको छ।
अर्कातिर नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेसहितका उच्च नेताहरु तानिन थालेका छन्। त्यस्तै उच्च पदका कर्मचारी पनि यो प्रकरणमा तानिएका बेला सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताबीच वार्ता भएको हो।