© २०२३
बुटवल,२० बैसाख । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्नताको आरोप लागेपछि उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेले आत्ससमर्पण गरेका छन्।
उनले बुधबार काठमाडौं परिसरमा पुगेर आत्मसमर्पण गरेको परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।
नक्कली शरणार्थी प्रकरणमा मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।
यसअघि गृहसचिव रहेका पाण्डे नक्कली शरणार्थी अमेरिका पठाउने गिरोहसँग मिलेपछि उनले आज जिल्ला प्रहरी परिसर कार्यालयमा आएर आत्मसमर्पण गरेका हुन्।