© २०२३
बुटवल,२० बैसाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रले आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको र सरकारमा एकलौटी गरिएको बताए । उनले आफ्नो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ भन्दै यसले गठबन्धन धरापमा पर्नसक्ने बताए ।
प्रचण्ड ओलीको शरणमा गएपनि त्यहाँ टिक्न नसकेर चुनावी गठबन्धनमै फर्किएको तर गठबन्धनको स्प्रिटअनुसार काम गर्न नसकिरहेको उनको टिप्पणी थियो ।