© २०२३
बुटवल,१९ बैसाख । नेकपा एमालेबाट निर्वाचित भएका संघीय संसद लक्ष्मी महतो कोइरीको पद गएको छ । संसद सचिवालयले कोइरीलाई निलम्बन गरेपछि उनको पद गएको हो ।
नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई निलम्बन गरेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ । कोइरी महोत्तरी–१ बाट निर्वाचित सांसद हुन् ।
२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।