ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

तिलोत्तमा –८ मा विद्यालय अगाडिको हाइटेन्सन लाइन भूमिगत गर्न माग

१९ बैशाख २०८०, मंगलवार
१९ बैशाख २०८०, मंगलवार

बुटवल, १९ बैशाख ।  तिलोत्तमा नगरपालिका–८ प्रदीपनगरका स्थानीयले योगीकुटी–धकधई ३३ केभी डबल प्रशारण लाइनका तारलाई भूमिगत गर्न माग गरेका छन् ।
हाइटेन्सन लाइनका कारण करिब दुई सय घरपरिवार र संगै रहेको जनभावना माविका एक हजार विद्याथी–शिक्षक आगलागीको जोखिममा परेको भन्दै स्थानीयले तार भूमिगत गर्न माग गर्दै नगर प्रमुख रामकृष्ण खांणलाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् । सयौं विद्यार्थी र स्थानीय दिनहुं हिंड्ने विद्यालय पुग्ने बाटोमाथि हाइटेनसन लाइन रहेकोले स्थानीय बासिन्दा त्रासमा रहेका छन् ।

प्रशारण लाइन विस्तार गर्ने क्रममा पनि स्थानीयले भूमिगत गर्न माग गर्दै आन्दोलन गरेपनि प्रहरी प्रशासनको बल प्रयोग गरेर जबरजस्ती गरिंदा सिंगो गाउं नै जोखिम र त्रासमा परेको स्थानीय डिल्लीराज भण्डारीले बताए । ‘पटक पटक हाइटेन्सन तार पड्किंदा इन्टरनेटको केबल तारमा आगलागी भइरहेको छ, तार भूमिगत नगर्ने हो भने विद्यालय र सिंगो गाउं ठूलो दुर्घटनामा पर्छ’–भण्डारीले भने ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख खांणले स्थानीयका माग सम्बोधन गर्न पहल गर्ने बताए । नगरवासीलाई सुरक्षित बनाउने विषयमा आफू गम्भरि रहेको भन्दै नगर प्रमुख खांणले यस विषयमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग पनि कुरा राख्ने बताए । तत्कालका लागि इन्टरनेट कम्पनीका केबल तारहरु हटाउन लगाउने खांणले बताए ।
सो अवसरमा तिलोत्तमा ८ का वडाध्यक्ष कृष्ण पौडेलले उक वर्ष अघि नै तार भूमिगत गर्न मा गर्दै वडा र नगरपालिकाले नेपाल विद्युत प्राधिकरणमा पत्राचार गरेपनि सुनुवाई नभएको बताए । चट्याङ पर्दा, मौसम खराबी हुंदा र हाइ भोल्टेज आउंदा हाइटेन्सन लाइनमा आगलागीको जोखिम र विद्युतीय सामानहरु समेत जल्ने र पड्किने हुन्छ ।

सोमबार बिहान हाइटेन्सन लाइन पड्किंदा इन्टरनेट केबल तारमा आगलागीसंगै स्थानीय देविराम खनालको घरमा फ्रिजमा आगलागी र अन्य दुई घरका विद्युतीय सामानमा क्षति भएको थियो । रातको समयमा यस्ता घटना भएमा ठूलो क्षति हुनसक्ने भन्दै स्थानीयले तार भूमिगत गर्ने प्रकृया अघि नबढाएसम्म चरणवद्ध आन्दोलन गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?