© २०२३
बुटवल,१९ बैसाख । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिने निश्चित भइसकेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले अर्थतन्त्र पूर्णरूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत औंल्याए । एमाले काठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा उनले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएको तर्फ सचेत गराए ।
स्थानीय तहमा समपुरक बजेट ५० प्रतिशतभन्दा बढी पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसकेको उनको भनाई थियो ।