© २०२३
बुटवल,१७ बैसाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने बताएका छन् । मन्त्री श्रेष्ठले मिटरब्याजीको पक्षमा रहेका जो कोही राजनीतिक पार्टीका व्यक्ति र पहुँचवाला व्यक्तिहरूलाई सरकारले कारबाही गर्ने चेतावनी दिए ।
आइतबार जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने बताएका हुन्।
उनले मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दलका कार्यकर्ताहरूलाई समेत कानूनी दायरामा ल्याइने चेतावनी दिए। मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने दाबी गर्दै मन्त्री श्रेष्ठले मिटरब्याजीहरू सामन्तवादको भद्दा अवशेषका रुपमा अझै जीवित रहेको बताए।