ट्रेंडिंग:

>> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु

डाक्टरको घरमा गएर नर्सले किन गरिन् आत्महत्या ?

१७ बैशाख २०८०, आईतवार
१७ बैशाख २०८०, आईतवार

बुटवल,१७ बैसाख । डाक्टरले विहे गर्न अस्वीकार गरेको भन्दै एक युवतीले डाक्टरकै घरमा पुगेर आत्महत्या गरेकी छिन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी हुन् । नर्स र डाक्टर लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।
प्रहरी वृत्त बालाजुका अनुसार ३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी डाक्टर सुजन ढकालको घरमा शव भेटिएको हो ।
मृतक अनुमा श्रेष्ठकी काकी सिर्जना श्रेष्ठका अनुसार प्रेमी सुजन ढकाल र उनका बुवाले विवाह गर्न अस्वीकार गरेपछि शनिवार दिउँसो प्रेमीकै घरमा पुगेर अनुमाले आत्महत्या गरेकी थिइन् । पेशाले अनुमा स्टाफ नर्स हुन् भने उनका प्रेमी भनिएका सुजन ढकाल डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे ।
अनुमाले आत्महत्या गरेकै स्थानबाट बरामद भएको डायरीमा अनुमाले आफ्नो प्रेमसम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् । डायरीमा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरा समावेश गरेकी छिन् ।
नुवाकोट स्थायी घर भई हाल बोहोराटार हाइटमा घर बनाई बसोबास गरिरहेका सुजन ढकालका बुवाले अनुमासँग छोरा सुजनको विवाह गराइदिन अस्वीकार गरेको कारण अनुमाले आत्महत्या गर्नुपरेको मृतककी कार्की सिर्जनाले दाबी गरिन् ।
अनुमाले यसअघि पनि आत्महत्याको प्रयास गरेको उनकी कार्की सिर्जनाले बताइन् । यसअघि गत वर्षको वैशाख र गत साउनमा पनि आत्महत्याको प्रयास गरेको तर त्यतिबेला बचाउन सकिएको सिर्जनाले बताइन् । यसपटक भने अनुमाले प्रेमी सुजन ढकालकै घरमा पुगेर आत्महत्या गरिसकेको अवस्थामा भेटिएको छ ।

लामो समय प्रेम सम्बन्धमा रही दुईपटक गर्भपतन समेत गराइसकेकी प्रेमिकालाई विवाह नगरी अलपत्र पारेको र प्रेमीका बुवाले समेत विवाह गरी घरमा भित्राउन अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरेको मृतककी काकी सिर्जना श्रेष्ठले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?