ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

निःशुल्क रगतको मुल्य लिनु गलत : प्रदेश प्रमुख शेरचन

१६ बैशाख २०८०, शनिबार
१६ बैशाख २०८०, शनिबार

बुटवल, १६ बैशाख । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सर्वसाधारणले निशुल्क दान गरेको रगतको मुल्य लिनु गलत काम भएको बताएका छन् । सामुदायिक अस्पतालमा अझै पनि शुल्क लिने काम हुनु लज्जास्पद भएको भन्दै उनले निःशुल्क रगतलाई पैसा कमाउने रुपमा विकास भएको प्रणाली गलत भएको बताए ।

शेरचनले रक्तदानप्रति जनचेतनालाई बढाउने गरि कार्यक्रमहरु चलाउन जरुरी रहेको बताए। रक्तदान–मानव जीवनमा अतुलनीय, अनुकरणिय काम नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले आफु जिम्मेवार पदमा हुंदासमेत निशुल्क रगतलाई बेच्ने काम रोक्न नसकेको दुखेसो गरे ।

कार्यक्रमको प्रदेश प्रमुख अमिक शेरचनले ७८ औं पटक रक्तदान गरेका रक्तदाता कृष्ण चौहानलाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरे का थिए । यसैबिच हाम्रो रगत नामक पुस्तक बिमोचन, हाम्रो रगत गित सार्वजनिक गरिएको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले प्रत्येक स्वस्थ्य ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व÷कर्तव्य हो भने निशुल्क रगत पाउनु नैसर्गिक अधिकार हो भन्ने मुल नारालाई सफल बनाउने गरि देशभर अभियान सफल हुदै गएको बताए । शतक रक्तदाताको परिचय बनाएका अध्यक्ष कर्माचार्यले १ सय ७३ पटक रक्तदान गरेका छन् । सरकारबाट २५ बेडसम्मका अस्पतालले ब्लड बैक खोल्न पाउने भनिएपनि त्यो कार्यान्वन हुन नसकेको उनले दुखेसो गरे ।

कार्यक्रममा बालरोग विशेषज्ञ तथा चिकित्सक संघ रुपन्देहीका सचिव डा.सन्तोष पोखरेल, ले रगत दिने काम पुरानो भएको भन्दै नयां प्रविधि भित्राउनुपर्ने बताए । प्लेटलेस मात्र बितरण गर्न सके एउटा रक्तदातालाई न्याय हुने र उसले ३ हप्तामा पुनः वितरण गर्न सकिने उनले बताए । समयअनुसार नया मेशिनहरु भित्राउन जरुरी रहेको उनले बताए । समयसापेक्ष प्रविधिको प्रयोग गरि रगत वितरणलाई स्मार्ट रुपमा लैजान जरुरी रहेको उनले सुझाव दिए ।
समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले निशुल्क रगतको अभियान गाउंगाउंमा पु¥याउन सकिने सम्भावना रहेको बताए । सरकार यस बिषयमा चासो नदिदा बिरामीहरु पीडित हुनुपरेका दुखेसो गरे । नेपाल रेडक्रस सोसाइटीलाई एकलौटी रुपमा ब्लड बैंकको जिम्मा दिनु गलत भएको भन्दै स्थानिय स्वस्थ्य पालिकाहरुमा ब्लड बंैक खोल्न सकिने दाबी गरे । स्वयंसेवी रक्तदाताहरुको योगदानप्रति सरकारको चासो नदिनु दुखदायी भएको भन्दै जनप्रतिनिधिहरु थोरै भएपनि रगत अभियानमा लाग्न सुझाव दिए । अबको सरकारले रगत निशुल्क नगरे बजेट पछि आफू अनसन बस्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा बढेको ब्यापारिकरणको प्रवृत्ति रोक्न सरकारको पहल जरुरी रहेको बताए । सरकारी सेवाका फाईदा हुनेखानेले लिने र आर्थिक समस्यामा रहेकाहरु भने यसबाट बन्चित हुनुपर्ने समस्या देखिएको उनले दुखेसो गरे ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दिपक न्यौपाने (क्षेत्री) ले ३१ हजार पिन्ट यो वर्ष रगत वितरण गरेको दाबी गरे । देशभर नै रुपन्देहीबाट रगत वितरण गर्ने काम भएको र निशुल्क रगतको अभियान थालेको बताए । रुपन्देही जिल्लाका १४ पालिकाहरुमा सम्झौता भएर निशुल्क रगत दिने काम शुरु गरेको बताए । परिचयपत्रको आधारमा निशुल्क रगत दिने काम गरेको उनले बताए ।
कार्यक्रममा पुर्व स्वस्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, प्रदेश सभा सदस्य जमुना ढकाल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक÷पुर्व सभासद भिक्षु आनन्द, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ, बालरोग विशेषज्ञ तथा चिकित्सक संघ रुपन्देहीका सचिव डा.सन्तोष पोखरेल, बुउवासंघ अध्यक्ष उज्जवल कसजुले रक्तदान जस्तो पुण्य अभियान सरकारबाट गरिनुपर्ने काम एउटा संस्थाबाट चलाएर समाज रुपान्तरणमा सहयोग गरेको बताए ।
अधिवेशनका संयोजक कृष्ण चौहानले एप्रेसेसन मेशिन चितवनमा रहेको कारण ब्लड डोनर पठाएर रगत दान गराउन सफल भएको बताए । बिस २०६२ सालमा स्थापना भएको संस्थाको चौथो अधिवेशन पहिलोपटक काठमाण्डौ उपत्यका बाहिर गरिएको उनले बताए ।
समाजको ३४ जिल्ला शाखा, नगरपालिका, गाउपालिका, वडा ईकाई गरि ७७ वटा गठन भएर सेवामा जुटेका छ । दुई दिनसम्म चल्ने अधिवेशनमा ३४ जिल्लाबाट ९० जना सहभागी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?