© २०२३
बुटवल,१६ बैसाख । जलेर गम्भीर घाइते भई भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारी भोलि नेपाल फर्कने भएका छन् ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा. भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।
गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ग्यास लिक भएर आगालागीबाट डा. भण्डारी गम्भीर घाइते भएका थिए । डा भण्डारीको स्वास्थ्यमा सुधार आएको र उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् ।
आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।