© २०२३
सल्यान, १५ बैशाख । राप्ती राजमार्गको शितलपाटी – खौलापास सडकखण्ड आठ दिन बन्द हुने भएको छ । यस राजमार्गको बाङ्गेलाखुरी– सिमखोली सडक स्तरोउन्नति गर्नका लागि सवारी आवागमन बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानले एक सुचना जारी गर्दै यहि बैशाख २० गते देखि २७ गते सम्म दैनिक ८ घण्टा सडक बन्द हुने जानकारी गराएको छ । बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म र राती ८ बजे देखि १२ बजे सम्म पुर्ण रुपमा सवारी आवागमन बन्द गरि सकड स्तरउन्नति गरिने प्रशासनले जनाएको छ । सडक स्तरउन्नती गर्दा काममा समस्या हुने भएकाले सवारी आवागमन बन्द गरी काम गरिने प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले बताए ।
तिन किलोमिटर क्षेत्रमा पर्ने ओरालोमा कटिङ, ग्याविङ लगाउनु पर्ने भएकाले सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुनसक्ने भएका कारण सडक पूर्ण रुपमा बन्द गर्नुपरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले बताए । जिल्ला प्रशासन कार्यलय सल्यान संग समन्वय गरेर यातायात व्यवसायी सहित सबै संगको सहकार्यमा सवारी आवागमन बन्द गरिने भएको उनले जनाए । अहिले राप्ती राजमार्गमा लागेका अधिकांश ठेक्काका काम सुरु भई सकेको र ढिलाई भएका खण्डका काम पनि तत्काल सुरु गर्न पहल गरिएको प्रमुख अधिकारीले जानकारी दिए ।