ट्रेंडिंग:

>> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु

पुल बनेपछि विद्यार्थीदेखि किसानसम्मलाई सहज

१४ बैशाख २०८०, बिहीबार
१४ बैशाख २०८०, बिहीबार

दाङ, १४ वैशाख । घोराही –३ भैसकुर्माका आसाराम चौधरी तरकारी बेच्न दैनिक घोराही बजार आउने गर्छन् । वर्षा लाग्यो कि उनलाई उत्पादित तरकारी बेच्न हम्मे हम्मे पथ्र्यो । वर्षा लागेपछि सिस्ने खोलामा बाढी आउथ्यो । खोलो तर्दा बगाउला भन्ने डर थियो । तर, अहिले त्यस्तो छैन । घोराही उपमहानगरपालिका –३ कुइरेपानीदेखि सर्रा जोड्ने सडकमा पुल बनेपछि उनलाई सहज रुपमा तरकारी बेच्न घोराही आउछन् । बिहानभर लाग्ने बाटो एक घन्टामा घरमा पुग्न सकिने भएको उनले बताए । आफ्नै पालामा यसरी पुलबाट वारपार गर्न सकिएला भन्ने लागेकै थिएन आफ्नै आँखा अगाडि बिकास भएका देख्दा उनी दंग छन् ।
घोराही –३ बंजाडिका स्यानु चौधरी घोराही –१५ को पद्मोदय पब्लिक नमुना माबि भरतपुरमा कक्षा १० मा पढ्छिन् । उनलाई विद्यालय आउजाउ गर्दा बाटोमा खोला पर्ने भएकाले यात्रा गर्न कठिन थियो । सिस्ने खोलाको पुलले सजिलो बनाएको उनले बताउछिन् । वर्षाको समयमा यात्रा गर्न गाह्रो थियो, खोलाले बाटो छेक्थ्यो । अरु समयमा पनि जुत्ता लगाएर यात्रा गर्न पाइदैथ्यो । अहिले पुल बने पछि यात्रा पनि सहज भएको छ, दैनिक विद्यालय जाने गरेको उनले बताइन् । एक घण्टा लगाएर हिड्ने गरेको बाटो अहिले २० मिनेट लाग्ने उनी बताँउछन् ।
घोराही बजार जोड्ने सडकमा पर्ने खोलामा पुल नहुँदा स्थानीयलाई समस्या रहेको थियो । जुन सडकले कुइरेपानी क्षेत्रलाई पवित्र धाम धारपानी मन्दिर सम्मपनि जोड्छ । यसलाई दामोदर सडकका नामले पनि चिनिन्छ । सोही सडक खण्डको सिस्ने खोलामा दुइवटा पुल निर्माण सम्पन्न भएका हुन् । पुल निर्माणको ठेक्का एलाइट कन्स्ट्रशन कम्पनी काठमान्डौले पाएको थियो । सन् २०२२ मा निर्माण सम्पन्न गर्ने गरी निर्माण गर्ने गरी निर्माण सम्झौता सन् २०२० मे मा भएको थियो । प्रदेश सरकारको सहयोगमा पुल निर्माण मुल्य अभिवृद्धि कर सहित १९ करोड ६० लाख १४ हजार ७ सय ९९ रुपैयामा पुल निर्माण भएको हो । दुवै पुल ३÷३ स्पानका छन् । दुवै पुलको लम्बाइ ९०÷९० मिटर रहेको परियोजनामा उल्लेख गरिएको छ ।
पुल निर्माणको काम सुरु भएलगत्तै मुलुकमा विश्वव्याधि कोरोना भाइरसको संक्रमणको महामारी फैलियो । कोरोना संक्रमणका कारण धेरै विकाश निर्माणका परीयोजनाहरु अवरुद्ध भए । कहिकतै पनि तोकिएको समयमा निर्माण सम्पन्न हुने अवस्था नआएपछि निर्माण व्यवसायी महासंघको आग्रहमा सरकारले मुलुकभरका विकाशे परीयोजनाको म्याद थप गर्यो । तर सिस्नेखोला पुल निर्माणको कामलाइ भने कोरोनाको संक्रमणले कत्तिपनि असर गरेन । ‘हामी आफै संक्रमित भयौ, प्राविधिक कर्मचारीहरु पनि धेरै संक्रमित भएर साइटमै क्वारेन्टाइन निर्माण गरेर बस्यौं, तर हामीले काम भने कहिल्यै रोकेनौं’, एलाइट कन्स्ट्रक्शनका व्यवस्थापक अच्युत लम्सालले बताए ।
सडक र पुल निमार्ण भएसंगै दाङबासीले यात्रा सहज भएको मशसुुस गरेका छन् । सधैं धुलाम्य हुने सडक चिल्ला भएका छन् । वर्षातमा यात्रा गर्न मुस्किल पर्ने खोलामा सहजै यात्रा गर्न सकिने भएका छन् । प्रदेश सरकारको सहयोगमा बनेका विकासले स्थानीय खुशी भएका छन् ।
सडकसँग जोडिएका अरु थुप्रै पूर्वाधारका काम पनि भएका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारुले जानकारी दिए । उनका अनुसार, संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको नेतृत्वमा बनेको कार्यकालबाट थालनी भएका प्रदेशका गौरवका आयोजनासँगै अन्तरजिल्ला, अन्तरपालिका, पालिकाभित्रका महत्वपूर्ण सडक पूर्वाधारको काम सम्पन्न भएका छन् । सिमित श्रोत साधन र जनशक्तिका बीचमा पनि प्रदेश सरकारले उल्लेख्य प्रगति गर्न सफल भएको उनको भनाई छ ।
लुम्बिनी प्रदेश सरकार स्थापना भएको पाँच वर्षमा ८ सय बढी किलोमिटर सडक कालोपत्रे भएको छ । प्रदेश स्थापना भएपश्चात हालसम्म लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रे ८ सय ९ किलोमिटर सम्पन्न गरेको हो । बितेको पाँच वर्षमा सडक ग्राभेल गर्ने काम १ हजार ६९ किलोमिटर सम्पन्न भएको छ । सडक बिस्तार थप चौडा गर्ने काम १ हजार ४ सय ८३ किलोमिटर सकिएको छ । यसैगरी नयाँ ट्रयाक निर्माण ४ सय ६१ किलोमिटर बनेको छ भने कल्भर्ट–कजवे निर्माण ३ हजार ६ सय ५ वटा बनेका छन् । ढलान गरी ४० किलोमिटर पक्की सडक निर्माण भएको छ । जसमा हालसम्म ८६ वटा सडक पुल र झोलुङ्गे पुल संख्या २५ वटा बनेका छन् ।
चालुआर्थिक वर्ष २०७९–०८० को बितेको ६ महिनामा नयाँ ट्रयाक निर्माण २६ किलोमिटर, सडक बिस्तार अर्थात थप चौडा गर्ने काम ७८ किलोमिटर, सडक ग्राभेल गर्ने काम ८१ किलोमिटर, कालोपत्रे सम्पन्न सडक ६० किलोमिटर, कल्भर्ट–कजवे निर्माण संख्या ३ सय १३ वटा बनेका हुन् भने ढलान गरी पक्की सडक निर्माण ८ किलोमिटर बनेका छन् । जसमा सडक पुल संख्या १४ वटा रहका छन् भने झोलुङ्गे पुल संख्या २ वटा रहेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्राललयले प्रदेशका योजना कार्यान्वयनमा अहिले पनि पर्याप्त जनशक्ति नहुँदा समस्या भएको बताएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले जनशक्ति अभाव तथा संघ सरकारको वित्तिय व्यवस्थापन हुन नसक्नुले अपेक्षा अनुसार काम नभएको बताउनुभयो । मन्त्रालयमा जम्मा ४ सय ८४ जनाको जनशक्तिको दरवन्दी रहेको जानकारी गराउँदै अहिले पनि ३० प्रतिशत हाराहरीमा दरवन्दी रिक्त रहको हुँदा अपेक्षित काममा बाधा पुगेको उनको भनाइ छ ।
प्रदेशका योजना कार्यान्वयनमा जनशक्तिको अभाव, रकम अभाव, योजनामा स्थानीय सरकारको समन्वय नुहँदा समस्या भएको भौतिक पूर्वाधार विकास मन्त्री थारुको स्वीकारोक्ति छ । मन्त्रालयले प्रदेश सरकारको अनुभुति हुनेगरी काम गरेको भएपनि सबै योजना स्थानीय सरकारकै रुपमा जनताले बुझेकाले प्रदेश सरकारलाई उपेक्षा गरेको हुनसक्नप्रदेश सरकारको अनुभूति छ । यसका लागि स्थानीय तह र संघ सरकारबीचको आपसी तालमेल गरी मातहतका जिम्मेवारी एकअर्कामा नबाझिने गरी अघि बढ्ने प्रयासमा रहेको मन्त्री थारुले बताए ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?