ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

पाल्पामा विद्यालयका ६७१ कक्षाकोठामध्ये २६१ पुननिर्माण

२ असार २०७७, मंगलवार
२ असार २०७७, मंगलवार

पाल्पामा विद्यालय पुनःनिर्माणको काममा उल्लेख्य प्रगति भए पनि लक्ष्यअनुरुप पुनर्निर्माण हुन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले आगामी वर्षमा सबै विद्यालय निर्माण सम्पन्न गर्नेगरी रकम छुट्याइसकेको जनाएको छ । शिक्षा पत्रकार समूहले मंगलबार आयोजना गरेको ‘पाल्पामा विद्यालय पुनर्निर्माण’ विषयक भर्चुअल सम्बादमा यस्तो जानकारी दिइएको हो । पाँच बर्षअघिको विनाशकारी भूकम्पले पाल्पाका २ सय १७ विद्यालयका ६ सय ७१ कक्षाकोठा क्षतिग्रस्त भएकोमा ९२ विद्यालयका २६१ कक्षाकोठा र ४५ वटा शौचालय पुनर्निर्माण भईसकेको छ । अहिले पाल्पामा ९७ वटा विद्यालयका १८९ वटा कक्षा कोठा, ५४ वटा शौचालय र ५५ वटा खानेपानी निर्माणको काम भइहेको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

भर्चुअल सम्वादमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (सिएलपियु) शिक्षाका आयोजना निर्देशक चुडामणि पौडेलले देशभर अहिलेसम्म ५६०० अर्थात ७५ प्रतिशत विद्यालयको पुनर्निर्माण गरिसकिएको बताए । उनले चालू आर्थिक वर्षमा ९५ प्रतिशत निर्माण सकिसक्ने कार्यक्रम रहेकोमा कोभिड–१९ ले प्रभावित बनाएको बताउनुभयो । आर्थिक बर्ष २०७७÷७८ भित्र काम सक्ने गरी निर्माणका कामलाई गति दिईने जानकारी दिए । पाल्पामा विद्यालय भवन बनाउनका लागि जग्गाको अभाव र विद्यालयमा विद्यार्थी संख्या न्यून हुनु र ४ कोठे भवनको माग गरि अहिले मापदण्डमा रहेको ट्ष्ट भवनप्रति स्थानीयले इच्छा नगर्दा केही भवन निर्माणको काम हुन नसकेको पुर्ननिर्माण प्राधिकारणको शिक्षा इकाइअन्र्तगतको जिल्ला आयोजना इकाई प्रमुख लक्ष्मण देवकोटाले जानकारी दिए । त्यसैगरी पुनःनिर्माणको काममा दक्ष जनशक्तिको अभाव र भौगोलिक विकटताले पनि काममा कठिनाई हुने गरेको उनले बताए । उनका अनुसार कोभिड १९ को लकडाउनले निर्माण सामग्रीको अभाव हुदा, निर्माण भइरहेको विद्यालयमा क्वारेन्टाइन बन्नु, अर्धदक्ष र अदक्ष कामदारहरु जिल्ला वाहिर रहेको घरमा फर्किदा पनि काममा कठिनाई गरेको छ । उहाँका अनुसार पाल्पामा २८ विद्यालयका ६२ कक्षाकोठाको निर्माणको काम शुरु हुन सकेको छैन् ।

त्यसैगरी पाल्पामा लकडाउनको समयमा पनि बैकल्पिक उपायबाट भवन, शौचालय र खानेपानी निर्माण कार्य पुर्नसंचालन गरिएको छ । स्थानीय प्रशासन र स्थानीय तहसंगको समन्वयमा निर्माण सामग्रीको व्यवस्थापन सहयोग गरेको देवकोटाले बताए । जिल्ला आयोजना कार्यान्वयन इकाइ, पाल्पाबा६ विद्यालय भवन पूर्ननिर्मा०ा र शौचालय निर्मा०ाको लागी आ.व. द्दण्ठघ।ण्ठद्ध देखि हालसम्म द्धद्द करो८ द्धघ लाख द्धछ हजार घ सय टज्ञ रुपैया लगानी भईसकेको ५ । निर्देशक पौडेलले विद्यालय बनाउन चारवटा मोडल अपनाइएको र त्यसमध्ये ७० प्रतिशत विव्यसबाट पुनर्निर्माण गरिएको बताए । जिल्ला आयोजना कार्यान्वयन इकाईले विद्यालय व्यवस्थापन समिति (विव्यस), गैरसरकारी संघ–संस्था र एशियाली विकास बैंक (एडिवि), जाइका तथा दूतावासहरु मार्फत् पुनर्निर्माण गर्दै आएको बताएको छ । २ करोडभन्दा तलको बजेटको विद्यालय निर्माणको काम विव्यसबाट भईरहेको उहाँले जानकारी दिए ।

कार्यक्रममा दमकडा माविका प्रधानाध्यापक मोहन सापकोटाले जमिन अभाव र खर्चका हिसाबले अवस्था हेरि ४ कोठे भवन निर्माणतर्फ पनि सोच्नका लागि आग्रह गरे । उनले झ्याल ढोकाको निर्माणमा फलामको सट्टा सालको काठ प्रयोग गर्नमा स्वीकृती दिए बलियो र सर्वसुलभ हुने बताए । उद्बुद्ध माविका प्रधानाध्यापक लोकहरि देवकोटाले लकडाउनले काम गर्नमा ढिलाई भएको हुँदा भवन निर्माणको म्याद थप्नका लागि आग्रह गरे । आधारभूत माविका अध्यक्ष कमल भट्टराइले ४ कोठ भवन र शौचालयको काम सकि खानेपानीको काम शुरु गरिएको जानकारी गराए । दमकडा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले पुनःनिर्माण प्राधिकरणबाट विद्यालय भवन निर्माणको काम शिक्षाको क्षेत्रमा बरदान भएको बताए । उहाँले भवन राम्रो, बलियो र मापदण्ड अनुसार बनेका हुँदा शिक्षा मन्त्रालयललाई पनि यसले सिकाई हुने बताए । उनले ठाउँ, अवस्था र भूगोल अनुसार भवन निर्माणको नक्शामा परिवर्तन गर्न सके त्यसले अझै सुन्दरता पाउने बताए ।

भर्चुअल सम्बादमा उठेका प्रश्नको जवाफ दिदै केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का निर्देशक चुडामणि पौडेलले भने विद्यालय छनौटदेखि निर्माण सम्पन्न हुने बेलासम्मका लागि स्पष्ट निर्देशिका बनेको र गुणस्तरमा कुनै पनि सम्झौता नगरेको बताए । ‘गुणस्तर नियन्त्रणका लागि अन्तर्राष्ट्रिस्तरका परामर्शदातासमेत नियुक्त गरिएको छ र उहाँहरुको सिफारिश विना कन्ट्रयाक्टरलाई भुक्तानी हुँदैन,’ उनले भने, ‘पुनर्निर्माणमा हामीले दिने बजेट नै दोब्बर छ । कुनै पनि चुहावट नहोस् भन्नेमा सचेत छौं ।’ शिक्षा पत्रकार समूहले गरेको भर्चुअल छलफलमा पाल्पाका जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख÷उपप्रमुख, केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाईका अधिकारीहरु, शिक्षा विकास निर्देशनालय प्रदेश ५ का निर्देशक मनोजकुमार गैरे, पत्रकारहरु, गैरसरकारी संस्थाका प्रतिनिधिलगायत ५० जना सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?