© २०२३
बुटवल,१२ बैसाख । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले देशको आर्थिक संकटमोचनका लागि बाँदर निर्यात गर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाँदर आंतक मच्चिरहेको बेलामा नियन्त्रण गर्न यसको निर्यात गर्ने प्रस्ताव गरेका हुन् ।
उनले भने, बाँदर आतंक फैलिएको छ । हामीले भन्दैछौं खेतबारी बाँझो राख्नुहुँदैन । कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरण गरौं भन्दैछौं । अर्कोतिर किसानले लगाएको बाँली टिप्ने बेलामा बाँदरले लुटेर लैजान्छ ।
त्यसैले हामीले पनि बाँदर निर्यात गर्दिए कसो होला रु मैले यसो भन्दैगर्दा फेरि डलरवादीहरु चिच्याउने हुन् कि भन्ने पनि आशंका छ । तर पनि बाँदर आतंक अन्त्य गर्न निर्यात गर्नुपर्छ ।’
संकटमोचनका लागि कोही सत्तापक्ष र प्रतिपक्ष हुन नहुने उनको भनाइ थियो ।