ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

ढुंगाको आकृति पर्यटकको आकर्षण

६ कार्तिक २०७६, बुधबार
६ कार्तिक २०७६, बुधबार

पृथ्वीमा विभिन्न अलौकीक सम्पदाहरु छन् । जसले पृथ्वीलाई थप रहस्यमय बनाउन मद्दत पु¥याएका छन । विभिन्न काल खण्डमा पृथ्वीमा उत्पत्ती भएका अलौकीक सम्पदा भेटिनेक्रम जारी छ । जसले सबैलाई अचम्मित तुल्याउने गरेका छन् । एशीयाको सबैभन्दा ठूलो उपत्यकाका रुपमा परिचय बनाएको दाङ जिल्लामा हेर्दा विश्वास नै नलाग्ने अलौकीक सम्पदा फेला परेका छन् ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका १४ स्थित अगमी ड्वाङपुरमा फेला परेका अलौकीक सम्पदाहरुले सबैको ध्यान खिच्दै लगेको छ । आजभन्दा २ सय वर्ष पुराना मानिने हात्तीढुंगा, जन्ती ढुंगा र राजा महेन्द्रको स्वागतका लागी निर्माण गरिएको बाघढुंगा हेर्न दिनहुँ सयौं मानिसहरु पुग्ने गरेका छन् । संरक्षणको अभावमा बहुमूल्य सम्पदाहरु जीर्ण हुदै जान थालेका छन् । चुरे पर्वत श्रृङ्खलामा रहेका बहुमूल्य अलौकीक सम्पदाहरु देख्दा जति सुन्दर र आकर्षक देखिन्छन् तिनको उत्पत्तीको कथा पनि त्यत्तिकै चाख लाग्दो रहेको छ । जिल्ला सदरमुकाम घोराहीदेखि २० किलोमिटर दक्षिण पश्चिममा रहेका सम्पदाहरुप्रति स्थानीयहरुका आ–आफ्नै मान्यता र विश्वास रहेका छन् । यिनै विश्वासका आधारमा सम्पदा संरक्षण गर्दै आएका स्थानीय अगुवाहरु अचेल सम्पदाहरुलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने अभियानमा जुटेका छन् ।

आजभन्दा करिव २ सय वर्ष पुरानो मानिने हात्तीढुंगालाई स्थानीयहरुले शक्तिको स्वरुपमा रुपमा लिने गरेका छन् । करिव १० टन तौलको ढुंगा २५ फिट अग्लो माटोको ढिस्कोमा अडिएको छ । २ सय वर्ष पहिलेदेखि यस्तै अवस्थामा रहेको उक्त सम्पदालाई स्थानीयहरुले हात्तीढुंगा भनि नामाकरण गरी प्रचार प्रसार सुरु गरेका छन् । टाढाबाट देख्दा ढिस्कोमाथि हात्ती बसेको जस्तो दृश्य देखिने भएपछि त्यसलाई हात्तीढुंगो भनेर नामाकरण गरिएको स्थानीय अगुवा कृष्ण केसीले जानकारी दिए । सुन्दर जंगलको फेदीमा रहेको उक्त सम्पदालाई केहीले शिवलिङ्गका रुपमा पनि लिने गरेको भन्दै स्थानीय अगुवा केसीले वजेट अभावका कारण हात्तीढुंगाको संरक्षण गर्न नसकेको बताए । पछिल्लो केही वर्ष यता विस्तारै–विस्तारै माटो बगेर जान थालेपछि सम्पदाको नास भएर जान्छ कि भन्ने चिन्ताले आफूहरुलाई सताउने गरेको केसीले जानकारी दिए । अगमी ड्वाङपुरको जंगलमा भेटिएको जन्तीढुंगाको उत्पत्तीको कथा झन रहस्यमय छ । करिव २ सय वर्षपहिले उक्त स्थान भएर दुलहीसहित गइरहेको जन्ती एकाएक ढुंगामा परिणत भएको किम्बदन्ती रहेको सम्पदा संरक्षण समितिका संयोजक बलबहादुर बिश्वकर्माले जानकारी दिए । बिश्रामका लागि बसेको जन्ती ढुंगामा परिणत भएको भन्ने किंबदन्ती रहेको उक्त स्थानमा रहेका ढुंगाहरु अनौठो प्रकृतिका देखिन्छन् । त्यहाँ रहेका ढुंगाहरु लक्सरै मानिस बसेझैं देखिन्छ । यतिमात्र होइन दुलही बसेको डोली, दुलाहा बसेको घोडा आकारका ढुंगाहरुसमेत त्यहाँ देखिन्छन् । जसलाई स्थानीयहरु जन्तीढुंगा नामाकरण गरी प्रचार प्रसारमा जुटेका छन् । जहाँबाट दाङ उपत्यकाको सुन्दर दृश्यावलोकन समेत गर्न सकिन्छ ।

जन्तिदुंगा र हात्तीढुंगा भन्दा व्यग्लै कथा बाघढुंगाको रहेको छ । राजा महेन्द्रको स्वागतार्थ पहाडको काखमा बनाइएको बाघढुंगोले बाख्रा खाने गरेको स्थानीयहरुको विश्वास रहेको छ । २०१६ सालमा भ्रमणका लागि बाग्लुङ, प्यूठान हुँदै दाङ आएका राजा महेन्द्रको स्वागतका लागि स्थानीय रामकुमार बिश्वकर्मा र शेरबहादुर बिश्वकर्माले बनाएको बाघढुंगो अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । नेपालगञ्ज जानेक्रममा राजा महेन्द्रले उक्त बाटो नभई अर्को बाटो प्रयोग गरेका कारण राजालाई आफ्नो कला देखाउन नपाएकोमा अझै दुःख लाग्ने गरेको शेरबहादुर बिश्वकर्माको भनाई रहेको छ । राजा महेन्द्रलाई देखाउने उद्देश्यले बनाइएको ढुंगोप्रति स्थानीयहरुले भिन्दै विश्वास व्यक्त गर्दै आएका छन् । जंगलमा गएका बाख्रा हराउँदा स्थानीयहरुले यही बाघले आफ्नो बाख्रा खायो भनेर गाली गर्ने गरेको भन्दै संरक्षण समितिका संयोजक बिश्वकर्माले द्वन्द्वकालमा गस्तीमा गएका नेपाली सेनाका जवानहरुले साँच्चिकै बाघ सम्झेर गोली चलाएको समेत स्मरण गरे ।

दाङ उपत्यकाको चुरे श्रृङखलामा रहेका यी तीनवटै सम्पदा संरक्षणका लागि अहिले स्थानीयहरु लगिपरेका छन् । तत्कालिन र दीर्घकालिन गुरुयोजना बनाएर अगाडि बढ्ने योजनामा रहेको भन्दै संरक्षण समितिका संयोजक नेपालीले मुलुककै उत्कृष्ट पर्यटनको गन्तव्य बनाउने समितिको योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?